२०८३ कार्तिक १३ गते बिहिबार

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १३
sebon_office

काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ११७ कम्पनीका ७१ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आवेदन प्रक्रियामा छन्। बोर्डले आवेदनलाई छ चरणमा वर्गीकरण गरे पनि कम्पनीहरूले कहिलेसम्म निष्कासन अनुमति पाउँछन् भन्ने समयसीमा भने स्पष्ट भएको छैन।

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्। आवेदन प्रक्रियामा रहेका कम्पनीमध्ये अधिकांश प्रारम्भिक चरणमै छन्। कुल ७६ कम्पनीको आवेदन पहिलो चरणमा रहेको छ।

बोर्डको वर्गीकरणअनुसार छ कम्पनी प्रारम्भिक समीक्षामा छन् भने चार कम्पनीलाई कैफियत पठाइएको छ। त्यस्तै, १९ कम्पनीले कैफियतको जवाफ बुझाइसकेका छन्। १० कम्पनीको जवाफ समीक्षा भइरहेको छ। अन्तिम समीक्षामा भने आशुतोष इनर्जी लिमिटेड र कान्तिपुर फर्मास्युटिकल्स ल्याव लिमिटेड पुगेका छन्।

अन्तिम समीक्षामा पुगेका यी दुई कम्पनीले क्रमशः १२ लाख र १७ लाख कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्। उनीहरूको प्रस्तावित निष्कासन रकम कुल २९ करोड रुपैयाँ छ।

आवेदनलाई छ चरणमा विभाजन गर्दा कम्पनीको फाइल कुन अवस्थामा छ भन्ने बुझ्न सहज भएको छ। तर, हरेक चरण पूरा गर्न लाग्ने समय र स्वीकृति दिने सम्भावित मिति सार्वजनिक गरिएको छैन। यसले निष्कासनको तयारीमा रहेका कम्पनी र आईपीओको प्रतीक्षामा रहेका लगानीकर्ताका लागि अन्योल कायमै राखेको छ।

आईपीओ निष्कासन स्वीकृतिको क्रममा रहेका कम्पनीहरु

प्रकाशित: २०८३ कार्तिक १३ गते बिहिबार ०५:४९
प्रतिक्रिया

थप समाचार

नेप्सेको वृद्धिले पायो निरन्तरता, कारोबार रकम साढे ६ महिनायताकै उच्च

काठमाडौँः साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा वृद्धि भएको छ। अघिल्लो कारोबार दिन बुधबार पनि बढेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले यस दिनसमेत सोही क्रमलाई निरन्तरता...

लक्ष्मी सनराइज बैंकद्वारा ५.२६ प्रतिशत लाभांश घोषणा

काठमाडौँः लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने...

सेयर धितो कर्जाको भरमा बढ्दै सेयर बजार, कारोबार ७ अर्ब नाघ्यो

मंगलबार ५ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ३४८ स्टकको ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार रुपैयाँ बराबरको १ करोड ९३ लाख ९७ हजार कित्ता सेयर किनबेच भएको छ।

बैंकको सेयर कर्जासँगै ब्रोकरको मार्जिन सुविधा, लगानीकर्ताका लागि के फरक?

बोनका अध्यक्ष डा गोपाल भट्टका अनुसार ब्रोकर प्रतिनिधिहरूसँगको छलफलमा २५ प्रतिशत आफ्नै मार्जिन राखेर बाँकी ७५ प्रतिशतसम्मको वित्तीय सुविधा लिन सकिने मोडेलबारे व्याख्या गरिएको छ।

सिटिजन्स सुपर ५० को इकाई मंसिर २ देखि बिक्रीमा, न्यूनतम १०० इकाई भर्नुपर्ने

काठमाडौँः सिटिजन्स क्यापिटल लिमिटेडले ‘सिटिजन्स सुपर ५०’ नामक बन्दमुखी म्युचुअल फण्डको इकाई मंसिर २ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना