काठमाडौं – काठमाडौंमा आगामि सोमबारबाट सुरु हुने काभा महिला भलिबल च्याम्पियनसिपमा सहभागी बन्नको लागि काजखस्तान र बंगलादेशको महिला राष्ट्रिय भलिबल टिम नेपाल आइपुगेको छ। यि दुई टोली शनिबार नेपाल आइुपेगेको नेपाल भलिबल संघले जानकारी दिएको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा सोमबारबाट प्रतियोगिताको तेस्रो संस्करण सुरु हुँदैछ। यो संस्करणमा नेपाल लगातर तेस्रो उपाधिको योजना विगत फागुन ७ गतेबाट बनाइरहेको छ। नेपाली टिमले अभ्यास पनि सोही दिनबाट सुरु गरेको हो।
आठ टिम सहभागी प्रतियोगिताअन्तर्गत नेपाल समूह ए मा रहेको छ। यो समूहमा नेपालसँगै भारत, बंगलादेश र कीग्र्रिस्थान रहेको छ। पछिल्लो पटक नेपालले उपाधि जित्दा फाइनलमा कीगिस्थानलाई हराएर उपाधि जितेको थियो।
यो समूहमा अहिले बंगलादेश मात्र नेपाल आइसकेको छ भने समूह बीमा रहेको काजखस्तान शनिबार विहान नेपाल आइपुगेका हुन्।


