२०८३ कार्तिक १३ गते बिहिबार

‘नो केबुलकार’ आन्दोलनले पूर्वका ९ जिल्लामा यातायात ठप्प, काठमाडौँमा प्रदर्शन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २१
Mukkumlung Protest_Nepal photo library1

ताप्लेजुङ- पाथीभरा केबलकार निर्माण रोक्न र पक्राउ परेका तीन जनालाई रिहा गर्न स्थानीय प्रशासन तयार नभएपछि ‘नो केबलकार आन्दोलन’ लम्बिएको छ।

ताप्लेजुङबाट माघ १५ मा सुरु भएको यातायात बन्द पूर्वका ९ जिल्लासम्म फैलिएको छ। झापाको दमक, सुनसरीको इटहरीलगायत स्थानमा आइतबार प्रहरी र आन्दोलनकारीबीच झडप पनि भएको छ।

कोशी प्रदेश प्रहरी प्रवक्ता एसपी दीपक पोखरेलका अनुसार आइतबार झापाबाट ८ र सुनसरीबाट ६ जना गरी १४ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आन्दोलनरत समूहले ताप्लेजुङ, पाँचथरलगायतका जिल्लामा दुईपाङ्ग्रे सवारी (मोटरसाइकल), तीनपाङ्ग्रे (टेम्पो) समेत चल्न दिएका छैनन्।

यातायात बन्दको प्रभाव इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभामा समेत परेको छ।

आन्दोलनरत समूहमा आबद्ध राजनीतिक दलका प्रतिनिधि, फुङलिङ नगरपालिका प्रमुख, पाथीभरा याङवरक, मेरिङदेन, फक्ताङलुङ, मिक्वाखोला गाउँपालिका अध्यक्ष, जिल्लामा क्रियाशील राजनीतिक दल, उद्योग वाणिज्य संघलगायतका संस्थाका प्रतिनिधि छलफलमा बसेपनि कुनै निष्कर्ष निस्कन सकेन।

आन्दोलनरत राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष एवं आन्दोलन समितिका संयोजक भक्त खेबाङले संघीय सरकारले वार्ता समिति बनाएर प्रहरी हिरासतमा रहेका तीन जनालाई बिनासर्त रिहा गर्नुका साथै वार्ता अवधिसम्म निर्माण रोके आन्दोलन स्थगन गर्ने बताएका थिए।

पाथीभरामा केबलकार बनाउने र बनाउन नदिनेबीच विवाद छ। केबलकारको तल्लो स्टेसन रहने ठाउँमा एक्स्काभेटरले जमिन सम्म्याउन थालेपछि गत माघ १२ मा काफ्लेपाटीमा रहेका सुरक्षाकर्मी र प्रहरीबीच झडप भएको थियो। झडपमा तीन आन्दोलनकारी र २१ सुरक्षाकर्मी घाइते भएका थिए।

झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर आन्दोलनरत पक्षका केही युवा घाइते भएका थिए। घाइते तीनमध्ये एक जनलाई उपचारका लागि काठमाडौँ लगिएको छ।

झडपपछि आन्दोलनरत पक्षले ताप्लेजुङ, ताप्लेजुङबाट पाँचथर, इलाम हुँदै झापाको चारआलीसम्मको मेची राजमार्ग र ताप्लेजुङबाट पाँचथर हुँदै धनकुटाको मूलघाटसम्मको तमोर करिडोरमा यातायात बन्द गरेको छ।

आन्दोलनरत पक्षले पाथीभरा मुक्कुमलुङ लिम्बू समुदायको मुन्धुमीस्थल भएकाले यथावत् अवस्थामा राख्नुपर्ने माग गर्दै आएको छ। उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल नेतृत्वको पाथीभरा मुक्कुमलुङ केबलकार प्रालिले फुङलिङ नगरपालिकाबाट निर्माण अनुमति लिएर केबलकार निर्माणको काम थालेको थियो। उनीहरूले तीन अर्बको लागतमा १५ महिनामा केबलकार निर्माण सक्ने बताएका छन्।

ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विरुद्धमा काठमाडौँमा पनि विरोध प्रदर्शन गरिएको छ। मुक्कुमलुङ ताड्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिले सोमबार माइतीघरमा प्रदर्शन गरेका हुन्।

फुङलिङ–१० काफ्लेपाटीदेखि मन्दिर छेउसम्म २.७ किमी केबलकार निर्माण भइरहेको छ। पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा एक सातादेखि जारी यातायात बन्दले सुदूरपूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ।

माइतीघरका प्रदर्शनका तस्बिहरू

प्रकाशित: २०८१ माघ २१ गते सोमबार ०३:२६
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

काठमाडौं उपत्यकामा खुम्चिँदैछ खेतीयोग्य जमिन (तस्विरहरू)

काठमाडौँ उपत्यका एकताका धानलगायत अन्य खाद्यान्नको खेतीका लागि निकै प्रसिद्ध थियो। उपत्यकाका काठ क्षेत्र एक प्रकारले कृषि उत्पादन केन्द्र मानिन्थ्यो। परालका कुन्युहरूको आकर्षण खास हुने...

सुनसान बन्यो काठमाडौँ उपत्यका: सडक खाली, पसल बन्द (तस्बिरहरू)

दशैँ मनाउन उपत्यकाबाहिर जानेको संख्या बढेसँगै काठमाडौँ उपत्यका सुनसान बनेको छ। सधैँजसो सवारीसाधन र मानिसको चहलपहल रहने सडकहरू अहिले खाली देखिन थालेका छन् भने अधिकांश पसल तथा व्यवसायसमेत...

बाजुराका विभिन्न खेतमा पहेँलपुर भएर पाकेको धानबाली (तस्बिर)

बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना