काठमाडौँ – नेपालमा पछिल्लो समय बाघको संख्या बढेको छ।
सन् २०१८ मा २ सय ३५ वटा रहेको बाघको संख्या चार वर्षमा १ सय २० वटा थपिएर ३ सय ५५ पुगेको सरकारी तथ्यांक छ।
विश्व वन्यजन्तु कोषका अनुसार संसारका १३ वटा देशमा मात्र बाघ पाइने गर्छ।
नेपालसहित भारत, बङ्गलादेश, भुटान, चीन, लाओस, भियतनाम, कम्बोडिया, थाइल्यान्ड, इन्डोनेयिा, मलेसिया, म्यानमार र रुस पर्छन् ।
श्रीलाल परियारले बर्दिया राष्ट्रिय निकुञ्जका रहेका बाघको केही तस्बिर खिचेका छन्। बर्दिया निकुञ्जमा १२५ वटा बाघ छन्।






