एजेन्सी – दिल्ली विधानसभाको ७० सिटका लागि बुधबार एकै चरणमा मतदान हुँदैछ । लोकसभा चुनावमा इन्डिया गठबन्धनको हिस्सा रहेका पाँच दलहरू यसपटक भने एकअर्का विरुद्ध चुनाव लडिरहेका छन्। यसमध्ये, आम आदमी पार्टी र कांग्रेस सबै ७० सिटमा आमनेसामने छन्।
भारतीय कम्युनिस्ट पार्टी (सीपीआई) ले ६ सिटमा आफ्ना उम्मेदवारहरू खडा गरेको छ भने भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादी (सीपीएम) र भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादी लेनिनवादी (सीपीआई एमएल) ले २-२ सिटमा आफ्ना उम्मेदवारहरू खडा गरेका छन् ।
भाजपाले ६८ सिटमा आफ्ना उम्मेदवारहरु खडा गरेको छ। गठबन्धन दलहरूलाई दुई सिट दिइएको छ । यसमा जनता दल युनाइटेड (जेडीयू) ले बुरारीबाट आफ्नो उम्मेदवार उठाएको छ भने लोक जनशक्ति पार्टी रामविलास (एलजेपी आर) ले देवली सिटबाट आफ्नो उम्मेदवार उठाएको छ।
महाराष्ट्रमा भाजपाको सहयोगी राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) ३० सिटमा चुनाव लडिरहेको छ। शिवसेना प्रमुख तथा महाराष्ट्रका उपमुख्यमन्त्री एकनाथ शिन्देले सबै सिटमा भाजपालाई समर्थन गरेका छन्।
यसबाहेक बहुजन समाज पार्टी (बसपा) ले ७० सिटमा र असदुद्दीन ओवैसीको अल इन्डिया मजलिस ए इत्तेहादुल मुस्लिमिन (एआईएमआईएम) ले १२ सिटमा चुनाव लडिरहेको छ।
चुनावको नतिजा फेब्रुअरी ८ मा घोषणा हुनेछ।


