२०८३ कार्तिक १३ गते बिहिबार

दर्शकले नपत्याएपछि किन अदालतको शरणमा पुग्यो ‘एक्टर टेक वान’?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ३
aktor-po

काठमाडौं: मिल्दोजुल्दो नाममा मात्र होइन् सार्वजनिक टिजर, ट्रेलर र गीतमा समावेश हुने उस्तै प्रकृतिका डाइलग र दृश्यमा समेत ‘कपिराइट्स क्लेम’ गर्ने प्रचलन नेपाली फिल्म क्षेत्रको लागि पुरानै रोग हो। यो अवस्थामा सामाजिक सञ्जालमा विवाद (बहस) छेड्दै, फिल्म सम्वद्ध पेशागत संस्थासम्म पुग्नु र त्यहाँ पनि समाधान नहुँदा चलचित्र विकास बोर्ड हुँदै अदालतसम्म पुर्याउन सम्बन्धित पक्ष मरिमेटेर लाग्छ। उनिहरू अरुलाई असफल बनाउन लाग्नुलाई नै आफ्नो सफलता ठान्छन्।

विभिन्न समयमा नेपाली चलचित्र क्षेत्रमा यस्तो प्रकृतिको विवाद आइराख्छ । चतूर मेकरहरू संभावित विवादलाई रिलिज पहिले नै समाधान गरेर प्रदर्शनको ढोकासम्म पुग्छन् । तर अति बुझक्कड निर्माताहरू पेलेर जाने मनस्थितिमा पुग्छन्, त्यसको क्षति आफ्नै काँधमा आइपर्नेमा सजक बन्दैनन् । दुई हप्ता पहिले रिलिज फिल्म ‘एक्टर टेक वान’ यसकै एक उदाहरण बन्यो।

कानुन र न्यायको लडाइँमा अन्तिम विन्दु अदालत हो । दुबै पक्षको राय बुझ्ने र पीडित पक्षलाई न्यायको विश्वास दिलाउनु अदालतको काम हो । ‘एक्टर’ नामको फिल्म निर्माण टिम नाम मिल्दो जुल्दो भएर व्यापारिक घाटा देखाउँदै अदालत पुग्यो, ‘एक्टर टेक वान’को प्रदर्शन मिति दुई दिन प्रभावित बन्यो, अन्ततः दुई पक्ष अदालत बाहिरै सहमतिमा पुग्यो र मुद्धा फिर्ता गरियो, फिल्म पनि रिलिज भयो, तर दर्शकले पत्याएनन्।

अन्ततः ‘सुपरस्टार’ ट्याग दिएका अभिनेता जोडिएको फिल्म पूर्णत फ्लप बन्यो, अनि दर्शकको भावना अनुसारको फिल्म निर्माण गर्न मेहनत र दिमाग नखर्चिएका निर्माता ‘फ्लप मेकर’को पगरी भिर्न अस्विकार गरेर पुनः अदालत नै फर्किने निर्णय गरे, फिल्म प्रदर्शन रोकेको घोषणा गरेर । उनिहरूको मेहनत यतिबेला अदालतमा बुझाउने बलियो कागज र प्रमाण जुटाउनमा केन्द्रीत छ।

प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गर्दा एकाध बाहेकका हलमा ‘एक्टर टेक वान’ प्रदर्शनमा नै छैन् । दर्शकले नपत्यापछि प्रायः हलले दोस्रो हप्ताभित्रै फिल्म उतारिसकेका छन्। निर्माताको हातमा २५ % लगानि पनि फिर्ता हुनेमा शंका छ । तर निर्माण टिमले विज्ञप्ति जारी गरेर हलबाट उत्रिसकेको फिल्मको तत्काललाई प्रदर्शन रोकेर अदालत जाने घोषणा गर्यो।

निर्माताहरू थमनकुमार भण्डारी र मोती कार्कीले ‘एक्टर’ का निर्माता सम्राट थापा र उनको कम्पनी डायस्पोरा इन्टरटेनमेन्टविरुद्ध काठमाडौं जिल्ला अदालतमा ‘अनुचित सम्वृद्धि’ मुद्दा लिएर अघि बढेका छन्। शुक्रवार निर्माण टिमबाट जारी गरिएको प्रेस विज्ञप्तिमा मुद्दा किनारा नलाग्दासम्म चलचित्र प्रदर्शन रोक्ने निर्णय गरिएको उल्लेख छ। विज्ञप्तिमा चलचित्र रिलिजको एक दिन अघि अदालतको आदेश आएपछि झन्डै ३ दिन प्रदर्शन स्थगित गर्नुपरेको उल्लेख गरिएको छ । निर्माताहरूले उक्त अप्रत्याशित आदेशले दर्शकहरूलाई असुविधा पुर्‍याएको र ‘एक्टर’का निर्माताबाट आर्थिक ब्ल्याक मेलिङको प्रयास भएको दाबी गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘अग्रिम टिकट बुकिङ मार्फत नेपालमा करिब ४० लाख रुपैयाँको टिकट बिक्री भइसकेको र विदेशमा पनि टिकट बिक्री भइसकेको अवस्थामा, एक्कासी प्रदर्शन रोक्नुपर्दा हामीले ठूलो आर्थिक क्षति व्यहोर्नु पऱ्यो भने मानसिक आघात पनि सहनुपरेको छ। यस कठिन परिस्थितिमा, हामीलाई अर्को पक्षबाट आर्थिक ब्ल्याकमेलिङको सामना गर्नुपर्‍यो, अदालत खुल्नु अगावै सहमति दिएको जस्तो गरी चलचित्र चलाउन सकिने भनियो । हाम्रो बाध्यताका कारण हामीसँग सो प्रस्ताव स्वीकार गर्नुको विकल्प थिएन।’

तर तत्कालिन परिस्थितिमा ‘एक्टर टेक वान’ टिमलाई ‘एक्टर’ टिमले सहमति दिएको जस्तो गरेको भन्नु हाँस्यास्पद छ। अदालतमा पुगिसकेको विषयलाई ढोका खुल्नु पहिले नै सहमतिमा ल्याउने र परिस्थिति हेरेर हाम्रै कारण घाटा भएको भए भैपरि आउँदा साथ सहयोग गर्ने मौखिक बचन समेत निर्माताले दिएको श्रोत बताउँछ। तोकिएको मितिमा उक्त फिल्मको रिलिज रोक्नु नै सफलता सोचेको ‘एक्टर’ टिम यो रेसबाट बाहिर निस्किसक्दा असफलता स्विकार गर्न नसकेर ‘एक्टर टेक वान’ भने पुनः अदालत फर्किने निर्णयमा पुग्यो।

‘एक्टर टेक वान’ प्रदर्शनमा आएको दिनदेखिको व्यापारिक आंकडा हेर्ने हो भने निर्माताको दाबी पुग्ने कुनै आधार देखिँदैनन्। त्यसो त अदालतमा विवाद पुग्दा देशभरका मिडिया र सोसियल मिडियामा छाएको यो फिल्मले पैसा खर्चेर विज्ञापन बाड्दा भन्दा दोब्बर प्रचार नाफामै पाएको थियो। त्यसको लाभ उठाउन पनि निर्माण टिम चुक्यो। भव्य प्रिमियर गरिएको हलमै २० प्रतिशत मुनिको अकुपेन्सीमा फिल्म रिलिज हुनु, रिलिजको पहिलो दिन नै धैरै हलमा पहिलो ‘शो’ नै दर्शकको अनुपस्थितिमा ‘क्यान्सिल’ हुनुले फिल्मको व्यापारिक प्रक्षेपण गरिसकेको थियो।

जापानमा सम्पन्न एक शोमा प्रमुख अभिनेता प्रदीप खड्का नै पुग्दा आधा खाली हलमा फिल्म प्रदर्शन गरियो। आँखाअघि देखिएका यथेस्ट प्रमाणले फिल्मप्रति देशमा मात्र नभई विदेशमा पनि दर्शक आकर्षण बढाउन नसकेको स्विकार गर्ने मनस्थितिमा निर्माण टिम छैन। आफ्नो घरको जग बलियो बनाउन चुकेको निर्माण टिम छिमेकीले भत्काइदिएको दोष लगाउँदै मुद्दा मामिलामा पुगेको हो। अदालतले निर्णय नलिँदै पुनः मुद्दा फिर्ता लिएर ‘जे भै भै गो’ तिर यी मेकर अघि बढे भने पनि अन्यथा सुनिनेछैन!

प्रकाशित: २०८१ फाल्गुण ३ गते शनिवार ०१:३८
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना