काठमाडौँ- ‘बग्दै होला दरम खोला नि’ बोलको दोहोरी गीत सार्वजनिक भएको छ। प्रेमीप्रेमिकाबीचको प्रेम र वियोगलाई प्रस्तुत गरेको उक्त गीतको निर्देशन र सम्पादन गिरिप्रसाद भुसालले गरेका हुन्।
लक्ष्मण चापागाईं युट्युब च्यालनलमा सार्वजनिक गीतमा चापागाईँकै शब्द छन्। प्रदीप कँडेलले भिडियो छायांकन गर्दा संकल्प सुवेदीले गीतमा संगीत भरेका छन्। चापागाई र सुनिता बुढा क्षेत्रीले गीतमा स्वर भरेका छन्।
रमेश सेञ्चुरीको एरेन्जिङ रहेको गीत मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो।
लक्ष्मण भुसाल, सुप्रिया हमाल तथा रहमान बस्नेत भिडियोमा देख्न सकिन्छ।


