काठमाडौँ- नेकपा एसको केन्द्रीय कमिटीको बैठक सुरू भएको छ। जावलाखेलस्थित प्रशासनिक प्रशिक्षण प्रतिष्ठान बैठक सुरु भएको हो।
बिहीवारका लागि तय भएको बैठक पार्टीका पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सहइन्चार्ज विदुर सापकोटाको निधनका कारण स्थगित गरिएको थियो।
बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजनाबारे छलफल हुने छ। त्यस्तै जनजीविका र सुशासनका सवालमा आन्दोलनका कार्यक्रम घोषणा गर्ने पनि नेकपा एसको तयारी छ।
प्रतिष्ठानमा कर्मचारीहरू प्रशिक्षणका लागि आउने गरेका छन्। तर यसपटक नेकपा एसका नेताहरूले राजनीतिक विषयमा छलफल गर्ने भएका हुन्।
बैठकका लागि ललितपुरको प्रशासनिक प्रशिक्षण प्रतिष्ठान पुगेका नेताहरू
















