एजेन्सी । अमेरिकाकामा एकपछि अर्को हेलिकोप्टर दुर्घटना हुन थालेको छ।
अमेरिकाको इडाहोमा जलाशयमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
बोनभिल काउन्टी शेरिफको कार्यालयले घटनास्थलमा सुरक्षाकर्मी पुगेका बताएको छ। जहाँ हेलिकप्टरभित्र दुई जना मानिस भेटिएका थिए। तीमध्ये एक जनाको मृत्यु भएको र एक जना घाइते अवस्थामा थिए। घाइते तत्काल अस्पताल लगिएको छ।
दुर्घटनाग्रस्त उक्त क्षेत्रलाई सुरक्षित राखिएको समाचारमा जनाइएको छ।
अमेरिकाको संघीय उड्डयन संघ र राष्ट्रिय यातायात सुरक्षा बोर्डलाई घटनाबारे सूचित गरिएको छ। शेरिफको कार्यालयका अनुसार उक्त क्षेत्रमा बिजुलीको तार ढलेको फेला परेको थियो। दुर्घटनाको अनुसन्धान भइरहेको छ ।


