काठमाडौँ- मौसममा सुधार आएसँगै हिमाली क्षेत्रमा आकाशमार्गबाट पुग्ने पर्यटकको संख्या वृद्धि हुन थालेको छ।
आकाश खुल्दै जाँदा हिउँले ढाकिएका पर्वत हेर्न उडानमार्फत पुग्ने पर्यटकहरूको संख्या बढ्न थालेको हो। सोमबार मात्रै आधा दर्जनभन्दा बढी हेलिकप्टरले सगरमाथा क्षेत्रको पर्वतीय उडान गरेका छन्।
सामुन्नेबाटै सगरमाथाको मनमोहक दृश्य अवलोकन गर्नका लागि कोंग्दे हिमाललाई उपयुक्त स्थल मानिन्छ।
त्यसैले पर्यटकहरू बिहानै त्यहाँ पुगेर चियानास्तासँगै मनोरम दृश्यको मजा लिन्छन्।
वसन्त ऋतु सुरू भएसँगै, जुन पर्यटनका लागि मुख्य सिजन मानिन्छ, सगरमाथा क्षेत्रको पदयात्रामा पर्यटकहरूको भीड लाग्न थालेको छ।





सबै तस्बिर : क्याप्टेन सुरज थापा


