काठमाडौं–सांग्रिला डेभलपमेन्ट बैंक र चिरायु नेसनल हस्पिटल तथा मेडिकल इन्स्टिच्युटबीच सम्झौता भएको छ।
बैंकका ग्राहक, कर्मचारी तथा तिनका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दुई संस्थाबीच सम्झौता भएको हो। सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र अस्पतालका निर्देशक सञ्जीव राजभण्डारीले हस्ताक्षर गरे।
सम्झौताअनुसार चिरायु नेसनल हस्पिटल तथा मेडिकल इन्स्टिच्युटले बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारले विभिन्न किसिमका सेवालगायत मागअनुसारका अन्य स्वास्थ्य सेवामा १५ प्रतिशत छुट पाउनेछन्।
