२०८३ कार्तिक १३ गते बिहिबार

बबरमहलमा छचल्किए रंगका तरंग

 |  नारायण ढुंगाना
Sanket

नारायण ढुंगाना

काठमाडौँ, फाल्गुण २०
photo art

काठमाडौँ- कति थरी रङहरू मिसिएपछि स्वतन्त्रताको रङ बन्ला ? प्रेममा कुन रङको बढी लालित्य होला ? आत्माको रङ चाहिँ कस्तो हुन्छ ?आत्माको उतारचढाव कस्तो हुन्छ ? अनि आत्मा जीवित देखिन्छ र? आत्मा परिकल्पनाभन्दा बाहिरको कुरा हो। रङ्गीन दृश्यमा देखिन सम्भव नहोला तर पनि आत्माको भाव सधैँ मानवसँगै रहन्छ।

‘समय, परिस्थिति र वास्तविकता’मा कलाकार कृति शाह चन्दका कलाहरूले मानव जीवनका यिनै विविध समय, परिस्थिति र तिनका वास्तविक अवस्थाको वर्णन गर्ने भावात्मक रङ तरङहरू ‘क्यानभास’मा सजाएका छन्।

रङका तरङलाई आवाजको अनुभव दिलाउने कोसिस गरेको उनले सुनाए। उनका सिर्जनामा उज्यालोको खोजी, अटल माया, जनजीवन, सांस्कृतिक धरोहर, शान्ति र न्यायको प्रार्थना लगायतका सन्देश देख्न सकिन्छ। जसरी क्यानभासमा सयौँ थरी रङहरूले फरक मनोविज्ञानको भाषा बोल्छन्। त्यसैगरी ती रङहरूमा कुची खेलाएर जीवनका अनगिन्ती भावहरू मिसाउन उन सफल भएका छन्।

कलाकार चन्दले आत्मिक रङहरूको बहावलाई रङहरूको उतारचढावमार्फत छाम्ने प्रयत्न गरेका छन्। स्वतन्त्रता अनि आत्माको रङदेखि प्रेमका रङसम्मका सुन्दर चरित्रका अनेक चित्रको रस्वादन गर्न भने नेपाल कलापरिषद् बबरमहल पुग्नैपर्छ।

‘फ्लुड आर्ट’को अमूर्त धारहरूको वर्चस्व रहेको उनका कलाहरूमा रङहरू अनेक दिशामा रङ्गीन भएर बग्दै गरेको देखिन्छ। कला पारखीहरूले आफ्ना मनोदशाको बगाई कलाकृतिमा भेट्न सक्छन्। कलाकृतिमध्येको एक स्वतन्त्रता शीर्षकको शीर्ष कला छ। जहाँ इन्द्रेणीका सातै रङहरूका अनेक घुम्तीहरूबीच एक युवती स्वतन्त्र उडान भर्दै गरेको देखिन्छन्।

यसले आम महिलाहरूको जीवनको वास्तविकता उद्घोष गर्छ। बबरमहलमा यही फागुन २२ गतेसम्म रहने दोस्रो एकल कला प्रदर्शनीबारे कलाकार कृति शाह भन्छन्, ‘महिला हुन सजिलो कहाँ छ र कति हो कति रङका साङ्लाहरूले उसलाई बाँधिरहेका हुन्छन्, त्यसबाट माथि उठेर सबैका अघि पहिचान खोज्नु भीडमा ठूलो स्वतन्त्रताको माग गर्नु जस्तै हो।’

‘दियो र उज्यालो’ शीर्षकको उनका अर्को फ्लुड आर्टले अँध्यारोमा बग्दै गरेको दीपको उज्यालोको कथा बोल्छ। मानौँ सारा जगत् अन्धकारमय छ तर आशाको सानो दियो अझै जाज्वल्यमान छ र अँध्यारोलाई पराजित गर्ने अर्को महाभारत युद्धको तयारी गर्दैछ।

‘फेस्टिभल’ शीर्षकका कलाका शृङ्खलाहरूले रमणीय रङका बहावहरूले समाजमा व्याप्त अनेक खुसीका रङ्गीन सपनाको झल्को दिन्छ। नेपालमा होली पर्व नजिकिँदै गर्दाको आभास गराउँछ। रातो, पहेँलो, हरियो, नीलो अनि तिनमा मिसिएका अरू धेरै रङहरू जसले हावामा मिसिएरै होलिका नामको नकारात्मक ऊर्जा मेटाउन कोसिस गरिरहेका देखिन्छन्।

अमूर्त र मूर्त भावको मिश्रणका रूपमा रहेको पारसमणि शीर्षकको उनको कलाले मानिसले आफूभित्रको अथाह शक्ति र सुन्दरताको खोजी गर्नुपर्ने सन्देश दिन्छ। भौतिकतामा लिप्त मानिसहरू धन, दौलत, मणिमाणिक्यको आशमा अन्यत्र भौँतारिरहेको वर्तमान परिदृश्यले उनका कलालाई सबल बनाएको छ। समसामयिक परिवेशलाई छुँदै उनले विदेशीले गरेको जे पनि राम्रो र आफ्नो स्रोतको अवमूल्याङ्कन गर्ने प्रवृत्ति हटाउँदै देशभित्रै पारसमणिको खोजी गर्नुपर्ने सन्देश दिएका छन्।

प्रार्थना शीर्षकको अर्को एक कलामा एकजना बालक विश्व शान्ति र मानव जीवनमा शान्तिको कामना गरिरहेका देखिन्छन्। समग्र पृथ्वीको भावी पुस्ताको प्रतिनिधित्व गर्ने त्यस कलाले वर्तमान अशान्ति, मनमुटाव र दुर्दान्त अवस्थाहरूको अन्त्यको आशा राखेको कलाकार चन्द औँल्याउँछन्। नयाँ पुस्ताले नकारात्मक सोचलाई त्यागेर एकापसमा भाइचाराको भावना राखी अघि बढ्ने सोच बढाउनुपर्नेमा उन जोड दिए।

‘अटुमन लभ’ शीर्षकको अर्को कला प्रदर्शनीको अर्को प्रमुख आकर्षण नै हो। जहाँ दुई प्रेमिल जोडी प्रेममा लिप्त छन्। प्रेमलाई जाडो, गर्मी वा कुनै पनि मौसमी चक्रले छुँदैन। जसरी पनि यो जीवन्त बनेर बर्सिन सक्छ भन्ने भाव कलामार्फत कलाकार चन्दले सन्देश दिने कोसिस गरेका छन्। अर्धनग्न युवतीको भाव भङ्गीलाई उनले यसरी रङहरूमा सुन्दर तवरले सजाएका छन्।

यसले ‘न्युड आर्ट’तर्फ पनि कलाकारको कुची भविष्यमा अब्बल रूपमा चल्न सक्ने सङ्केत गर्छ। ‘भाइब्रेसन’, ‘रिदमिक फेयर’, ‘मदर अर्थ’, ‘हार्मोनी’ लगायतका कलाकृतिमा फरक रङसँगै फरक सोचहरू विस्तारित छन्। उनकै शब्दमा ‘समय, परिस्थिति र वास्तविकता’ शीर्षकमा कला प्रदर्शनी राख्नुको तात्पर्य मानिसको जीवनमा सययको माग एउटा हुन्छ परिस्थिति बेग्लै हुन जान्छ र वास्तविकताले अर्कै मोड लिन्छ। जसरी इच्छा आकाङ्क्षाहरू समयअनुरूप परिवर्तन हँुदै जान्छ त्यसरी नै मानिसले आइपरेका वास्तविकतालाई स्वीकार्नु पर्दछ।

उनी भन्छन्, ‘सफलता पाउन कुनै प्रसिद्धि र भौतिक सम्पत्ति आर्जन गर्नु मात्र नभई मनको शान्ति र शुद्ध आचरण प्राप्त गर्नु पनि हो।’ जेजस्तो परिस्थिति आए तापनि अन्याय र अत्याचार नहोस् कसैले अन्याय र अत्याचार नगरोस् भन्ने चाहना कलामा व्यक्त गरेको उन औँल्याउछन्। रङका तरङ्गलाई आवाजको अनुभव दिलाउने कोसिस गरेको उनले बताए।

उनका सिर्जनामा माया, उज्यालोको खोजी, अटल माया, जनजीवन सांस्कृतिक धरोहर, शान्ति र न्यायको प्रार्थनालगायतका सन्देशहरू देख्न सकिन्छ। कला हेरेपछि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धरले कलाकार चन्दले खेलाएका रङमा सकारात्मक भाव स्पष्ट अनुभव गर्न सकिने बताए।

त्यसो त अग्रज कलाकार गोविन्द डङ्गोल, राधेश्याम मुल्मी, कृष्ण मानन्धर, त्रिविका पूर्वउपकुलपति तथा पूर्वराजदूत डा केदारभक्त माथेमा कलाकार उत्तम डङ्गोल लगायतले प्रदर्शनी अवलोकन गर्दै कलामा मिठास, सकारात्मक सोच र शान्त प्राप्त हुने प्रतिक्रिया दिए। -रासस

प्रकाशित: २०८१ फाल्गुण २० गते मङ्गलबार १२:१८
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना