२०८३ कार्तिक १२ गते बुधबार

यस्तो छ उपराष्ट्रपतिमा निर्वाचित यादवको राजनीतिक विगत

 |  Untitled
Sanket

Untitled

काठमाडौं, चैत ३
ramsahayaprasad yadav1

नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का नेता रामसहायप्रसाद यादव निर्वाचित भएका छन्। उपराष्ट्रपतिका लागि यादवसँगै एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा प्रतिस्पर्धामा थिए।

यादवले कुल ३० हजार ३२८ मतभार पाएको जसपा सांसद प्रदीप यादवले जानकारी दिए। उनका अनुसार यादवले संघीय सांसदतर्फ १४ हजार ५३६ मतभार र प्रदेश सभातर्फ १५ हजार ७९२ पाएका छन्। गणना सकिएपनि निर्वाचन आयोगले औपचारिक रूपमा यादवलाई निर्वाचित घोषित गर्न बाँकी छ।

बारा-२ बाट प्रतिनिधिसभा सदस्यमा चुनिएका यादव जसपा संसदीय दलका नेता हुन्।

२०२७ साउन ९ गते बारा जिल्ला कचोर्वा गाविस-८ बसवरियामा जन्मिएका यादव स्व सिहवादेवी यादव र स्व प्रसाद राय यादवका छोरा हुन्। चम्पादेवीका श्रीमान् रामका दाजु रामधारी प्रसाद यादव हुन् उनका दुई मध्ये एक जना दिदीको निधन भइसकेको छ भने एक बहिनी रुकमिला देवी यादव छिन्।

दुई छोरा र एक छोरीका पिता यादवले शिक्षाशास्त्रमा ठाकुर राम बहुमुखी क्याम्पस वीरगञ्जबाट स्नातक गरेका छन्। वि.सं. २०४८ सालमा शिक्षण पेशामा प्रवेश गरेका उनले वि.सं. २०६४ साल फागुन १६ गते शिक्षक पदबाट राजीनामा दिएका थिए।

वि.सं. २०४६ देखि २०५२ सालसम्म श्री सरस्वती नवयुवक क्लबको अध्यक्ष र जिल्ला शिक्षा समिति बाराको सदस्य बनेका थिए।

यस्तो छ राजनीतिक यात्रा
वि.सं. २०४७ सालमा नेपाल सद्भावना पार्टीमा आबद्ध उनी पछि नेपाल शिक्षक मञ्च, बाराको संस्थापक बनेका थिए। मञ्चको केन्द्रीय समितिको कोषाध्यक्षको हुँदै उनी वि.सं. २०५० साल, नेपाल सदभावना पार्टीको तेस्रो महाधिवेशन वीरगंजमा पर्यवेक्षक थिए।

नेपाल सद्भावना पार्टीको चौथो महाधिवेशनमा उनी प्रतिनिधि चुनिएका थिए। २०५७ साल संविधानको नागरिका विधेकमा काठमाण्डौंमा सहभागी भई गिरफ्तार भए।

थप

  • वि.सं. २०५९ सालमा मधेसी जनअधिकार फोरम, नेपालमा आबद्ध
  • २०६० साल फागुन ७ गते मधेसी जनअधिकार फोरम, नेपाल बाराको संस्थापक संयोजक (अध्यक्ष)
  • २०६० सालमा मधेसी जनअधिकार फोरम, नेपाल केन्द्रीय सदस्य (पटना बैठकबाट)
  • २०६२/०६३ को जनआन्दोलमा सक्रिय सहभागिता (काठमाण्डौंमा गिरफ्तार)
  • २०६२/०६३ साल मधेश आन्दोलनमा बारा, पर्सा, रौतहट र कैलाली जिल्लामा आन्दोलनको नेतृत्वको जिम्मेवारी ( आन्दोलनको क्रममा ५-६ पटक गिरफ्तार)
  • २०६४ साल मधेसी जनअधिकार फोरम, नेपाल निर्वाचन आयोगमा पार्टी दर्ता/पार्टीको केन्द्रीय सदस्य
  • २०६४ सालको पहिलो संविधान सभामा संविधानसभा सदस्य निर्वाचित (समानुपातिक तर्फ)
  • २०६५ साल पार्टी महासचिवको जिम्मेवारी,
  • पहिलो संविधानसभामा अन्तराष्ट्रिय सम्बन्ध तथा संवैधानिक निकाय समितिको सदस्य
  • ई. सं. २००९ मा भएको संयुक्त राष्ट्रयसंघको महासम्मेलनमा न्यूयोर्कमा प्रतिनिधि मण्डलमा सहभागी
  • वि.सं. २०७२ साल मधेसी जनअधिकार फोरम, नेपाल र संघीय समाजवादी पार्टी नेपाल एकीकरण भई गठन भएको संघीय समाजवादी फोरम, नेपालको महासचिव
  • वि.सं २०७२ मधेस आन्दोलनमा निषेधाज्ञा तोडने क्रममा प्रहरीको लाठी प्रहारबाट सख्त घाइते
  • नेपाल भारत दशगजा वीरगञ्ज मितेरीपुलमा लगातार धर्ना (लगभग ६ महिना)
  • वि.सं. २०७४ सालमा प्रतिनिधिसभामा बारा क्षे. नं. २ बाट निर्वाचित
  • वि.सं. २०७४ सालमा पोल्यान्डमा राष्ट्रपतिको उच्चस्तरीय प्रतिनिधि मण्डलमा सहभागी
  • वि.सं. २०७५ सालमा संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी नेपाल एकीकरण भई गठन भएको समाजवादी पार्टीको महासचिव
  • वि.सं. २०७६ सालमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भई गठित जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति सदस्य
  • वि.सं. २०७८ साल वन तथा वातावरण मन्त्री
  • वि.सं. २०७८ साल जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप-२६ सम्मेलनमा उच्चस्तरीय प्रतिनिधि मण्डलमा सहभागी (प्र.म. शेरवहादुर देउवाको नेतृत्वमा वन तथा वातावरण मन्त्रीको हैसियतमा सहभागिता)
  • वि.सं. २०७९ को प्रतिनिधि सभामा बारा क्षे. नं. २ बाट निर्वाचित
  • २०७९ साल जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको नेता निर्वाचित
  • पार्टी तथा सरकारको प्रतिनिधि भई भारत, अमेरिका, पोल्यान्ड, चीन, बेलायत, बेल्जियम, युएईलगायतका देशमा विभिन्न मितिमा भ्रमण

कसले दिएनन् मत?
शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानमा संघीय संसद्का ३११ र प्रदेश सभा तर्फका ५१८ सांसद्ले मतदान गरेका थिए। संघीय संसद्का ३३२ र प्रदेशसभाका ५५० जना मतदाता थिए।

संघीय संसद्का २१ र प्रदेश सभाका ३२ जना सांसद्ले भने मत दिएनन्। संघीय संसद्का १४ जना राप्रपा सांसद् र नेमकिपाका प्रेम सुवालले मतदान गरेनन्। सांसद रहेका रामचन्द्र पौडेल राष्ट्रपति बनिसकेकाले मतदान गरेनन्। कांग्रेस सांसद् चन्द्र भण्डारी उपचाररत छन्। यस्तै सांसद मनोरमा शेरचन पनि बिरामी रहेकाले अनुपस्थित रहिन्। सांसद सहनाज रहमानको मृत्यु भएको छ।

एमाले सांसद लक्ष्मी महतो कोइरी पनि मतदानमा सहभागी भएनन्। मतदान नगर्ने प्रदेशका सांसदमा राप्रपाका २८ जना, नेमकिपाका ३ जना, जसपाका १ जना छन्।राप्रपाका संघ र प्रदेशका गरी २८ जना सांसदले पार्टीको नीति अनुरुप मतदान नगरेका हुन्। राप्रपाले राष्ट्रपति निर्वाचनमा पनि मतदान गरेको थिएन। राप्रपाका सांसदले झैं नेमकिपाका सांसदले पनि राष्ट्रपतिको निर्वाचनमा पनि मतदान गरेका थिएनन्।

प्रकाशित: २०७९ चैत ३ गते शुक्रबार ०५:१३
प्रतिक्रिया

थप समाचार

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सेयर धितो कर्जाको भरमा बढ्दै सेयर बजार, कारोबार ७ अर्ब नाघ्यो

मंगलबार ५ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ३४८ स्टकको ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार रुपैयाँ बराबरको १ करोड ९३ लाख ९७ हजार कित्ता सेयर किनबेच भएको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना