काठमाडौँ- रङको पर्व होली नजिकिएसँगै बजारमा चहलपहल बढेको छ। भोलि उपत्यका लगायत पहाडी क्षेत्रमा होली मनाइन्छ भने तराईमा शुक्रवार मनाइने गरिएको छ। होली नजिकिएसँगै राजधानीको असन क्षेत्रमा किनमेल गर्नेको भिड लागेको छ।
असन र इन्द्रचोकका गल्लीहरूमा होलीका रङ्ग, टिसर्ट, कुर्ता, वाटर गन, र पानीका गुब्बाराहरू किन्नेहरू देखिन्छन्। व्यापारीहरू ग्राहक बोलाइरहेका छन्, कोही रङ्ग छान्दै छन्, कोही मोलमोलाइ गर्दै छन्। सडकभरि चहलपहल छ, होलीको माहौल झल्किएको छ।
होली खेल्दा लगाइने लुगा बच्चाको जोडीको ३०० र ठुलोको जोडीको ४००मा बिक्री भइरहेको छ भने त्यस्तै पानी हालेर खेल्ने पिचकारी ५० रुपैयाँदेखि १५०० सम्म बिक्री भइरहेको रङको प्याकेटको २० रुपैयाँदेखि २०० रुपैयाँ पर्ने व्यापारीहरू बताउँछन्।












तस्बिर : नेपाल फोटो लाइब्रेरी


