काठमाडौँ- संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि नेपाल आएका १०० चिनियाँ फोटोग्राफरले फागु खेल्दै होलीका दृश्यहरू पनि कैद गरेका छन्।
चाइना नेपाल फ्रेन्डसिप फोरम र राष्ट्रिय फोटो पत्रकार समूहको सयोजनमा नेपाल चिनियाँ फोटोग्राफरहरु फागु पर्व संगै संस्कृति, सम्पदा र पर्यटनको फोटो खिच्न नेपाल आएका उनीहरू फागु उत्सवमा सहभागी भएका हुन्।
नेपाल भ्रमण वर्ष २०२५ तथा नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा नेपालको पर्यटन प्रवद्र्धनका लागि चिनियाँ फोटोग्राफरहरु लाई आमन्त्रण गरिएको फोरमका संयोजक डा कल्याणराज शर्माले जानकारी दिए।
चिनियाँ फोटोग्राफरले नेपालका विभिन्न पर्यटकीय, सांस्कृतिक, तथा ऐतिहासिक स्थलहरूको भ्रमण गर्दै यहाँको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई फोटोमार्फत विश्वभर प्रवद्र्धन गर्नेछन्। चिनियाँ फोटोग्राफरलाई फागुपूर्णिमाका अवसरमा विभिन्न स्थानमा रंगमय नेपालको फोटो खिच्ने प्रबन्ध गरिएको राष्ट्रिय फोटोपत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए।
चिनियाँ फोटोग्राफरहरूले नेपाल भ्रमण गरेर यहाँको संस्कृति, जीवनशैली, तथा परम्परागत सम्पदाहरूलाई विश्वव्यापी रूपमा प्रचारप्रसार गर्ने छन्।
नेपाल–चीन सम्बन्धलाई सुदृढ बनाउन तथा नेपाल पर्यटनलाई नयाँ उचाइमा पुर्याउन यस्तो कार्यक्रमले विशेष योगदान पुर्याउने विश्वास लिएको छ।

















तस्बिर : प्रदीपराज वन्त


