काठमाडौँ- रासायनिक विषाक्त रंग प्रयोग गरी होलीभन्दा रंगविहीन होली मनाउने अभियान नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन नेपाल)ले सञ्चालन गर्दै आएको छ।
काठमाडौँको बूढानीलकण्ठमा सौहार्दपूर्ण रूपमा पुष्प होली उत्सव आयोजना गरेर होली मनाइएको छ।
इस्कोन नेपालले भगवान् चैतन्यको ५३९औँ जन्मजयन्ती मनाउनको लागि सबैभन्दा ठूलो वैष्णव पर्व, गौरा पूर्णिमा सफलतापूर्वक आयोजना भएको संघले जानकारी दिएको छ।


