२०८३ कार्तिक १३ गते बिहिबार

खाना पकाउन दाउराको जोहो [तस्बिरहरू]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २
daura_nepal-5

काठमाडौं- देशका आधाभन्दा बढी जनसङ्ख्याले खाना पकाउन अझै पनि दाउरा प्रयोग गर्ने गरेका छन्।

राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजाअनुसार देशका ६६ लाख ६० हजार ८४१ परिवारमध्ये आधाभन्दा बढी अर्थात् ५१ प्रतिशत परिवारले खाना पकाउन अक्सर दाउरा प्रयोग गर्ने गरेको उल्लेख छ।

अघिल्लो जनगणनाको तथ्याङ्कको तुलनामा यस पटक दाउरा प्रयोग गर्नेको सङ्ख्या १३ प्रतिशतले घटेको छ।

२०६८ सालको जनगणनामा खाना पकाउन दाउरा प्रयोग गर्ने परिवार ६४ प्रतिशत थिए। जनगणनाअनुसार खाना पकाउन एलपी ग्यास प्रयोग गर्ने परिवार ४४.३ प्रतिशत छन्।

भौगोलिक क्षेत्रअनुसार घरायसी ऊर्जाको प्रयोग र मिश्रणमा फरक भेटिन्छ। करिब २० प्रतिशत घरमा खाना पकाउन आधुनिक ऊर्जाको स्रोत विद्युत र एलपी ग्यासको प्रयोग हुने गरेको छ।

८० प्रतिशत घरमा परम्परागत ऊर्जाका स्रोतहरू दाउरा, कृषिजन्य अवशेष, घरपालुवा गाईवस्तुका गोबरको गुइँठा आदि प्रयोग हुने गरेको छ।

भौगोलिक क्षेत्रका हिसाबले तराई क्षेत्रका ९९ प्रतिशत घरमा राष्ट्रिय ग्रीडबाट बिजुली पुगेको छ। हिमाली क्षेत्रका करिब ३२ प्रतिशत घरमा मात्र राष्ट्रिय ग्रीडको बिजुली पुगेको छ। यस्तो अवस्थामा हिमाली र पहाडी क्षेत्रका अधिकांश जनसङ्ख्या ऊर्जाका लागि वनजंगलमा आश्रित भएको देखिन्छ।

आईडीए नामको संस्थाले गरेको एक सर्वेक्षण अनुसार सन् २०२२ मा ग्रामीण क्षेत्रमा करिब ८० प्रतिशत र सहरी क्षेत्रमा ४४.६ प्रतिशत घरमा खाना पकाउन परम्परागत ऊर्जाको स्रोत दाउरा प्रयोग हुने गरेको तथ्य सार्वजनिक भएको छ।

खाना पकाउन आधुनिक ऊर्जाको स्रोत एलपी ग्यासको प्रयोग सहरी क्षेत्रमा ८९ प्रतिशत घरमा र ग्रामीण क्षेत्रका ५७.३ प्रतिशत घरमा प्रयोग हुँदै आएको छ।

ग्रामीण क्षेत्रका १७.४ प्रतिशत घरमा खाना पकाउन कृषिजन्य अवशेष र गुइँठा प्रयोग हुने गरेको छ। सहरी क्षेत्रमा समेत यसको प्रयोग गर्ने घरको संख्या ५.४ प्रतिशत छ। खाना पकाउन ग्रामीण क्षेत्रमा ७.३ प्रतिशत घरमा र १४ प्रतिशत घरमा बिजुली प्रयोग हुने गरेको छ।

अझै पनि घरायसी ऊर्जाको मूल स्रोत दाउरा हो। घरायसी ऊर्जाको ८४.९ प्रतिशत हिस्सा दाउराबाट प्राप्त भएको थियो।

भौगोलिक क्षेत्रका हिसाबले हिमाली क्षेत्रमा खाना पकाउन ९६ प्रतिशत घरमा, पहाडी क्षेत्रमा ६५.५ र तराई क्षेत्रमा ७९ प्रतिशत घरमा खाना पकाउन दाउरा प्रयोग हुने गरेको छ।

प्रकाशित: २०८१ चैत २ गते शनिवार १२:१२
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

काठमाडौं उपत्यकामा खुम्चिँदैछ खेतीयोग्य जमिन (तस्विरहरू)

काठमाडौँ उपत्यका एकताका धानलगायत अन्य खाद्यान्नको खेतीका लागि निकै प्रसिद्ध थियो। उपत्यकाका काठ क्षेत्र एक प्रकारले कृषि उत्पादन केन्द्र मानिन्थ्यो। परालका कुन्युहरूको आकर्षण खास हुने...

सुनसान बन्यो काठमाडौँ उपत्यका: सडक खाली, पसल बन्द (तस्बिरहरू)

दशैँ मनाउन उपत्यकाबाहिर जानेको संख्या बढेसँगै काठमाडौँ उपत्यका सुनसान बनेको छ। सधैँजसो सवारीसाधन र मानिसको चहलपहल रहने सडकहरू अहिले खाली देखिन थालेका छन् भने अधिकांश पसल तथा व्यवसायसमेत...

बाजुराका विभिन्न खेतमा पहेँलपुर भएर पाकेको धानबाली (तस्बिर)

बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना