काठमाडौँ- प्रतिनिधि सभा बैठकमा सांसदहरू उपस्थित नभएपछि कुर्सीहरू खाली देखिएका छन्।
सोमवार सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल चलिरहेका बेला प्रतिनिधि सभाका कुर्सी खाली देखिएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिँदा उनको पक्षमा १८८ मत आएको थियो। उक्त मत दुई प्रतिनिधि सभाका कुल सांसद संख्या २७५ को दुई तिहाइभन्दा बढी हो।
ओलीलाई नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरूले मत दिए।
प्रधानमन्त्रीले राखेको विश्वास मतको प्रस्तावका विपक्षमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत उभिएका छन्।


