२०८३ कार्तिक १३ गते बिहिबार

विद्यार्थीले देखाए ‘कोही किन बर्बाद होस्’ [तस्बिरहरू]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत ८
koi_kina_barbad_hos-9

काठमाडौँ- बाल मनोविज्ञानमा आधारित विजय मल्लको नाटक ‘कोही किन बर्बाद होस्’ आज काठमाडौंमा मञ्चन गरिएको छ । थापाथलीस्थित सेन्ट जेभियर्स कलेजको स्नातक तह चौंथो वर्षका विद्यार्थीले मल्लको नाटक मञ्चन गरेका हुन् ।

नाटकमा ध्रुव नाम गरेको एक विद्यार्थीलाई मुख्य पात्र बनाइएको छ। उनी एक बदमास विद्यार्थी हुन्छन्। सानैदेखि बाआमाको माया नपाएका ध्रुवले आफ्ना साथीरूलाई कुट्ने, झगडा गर्ने, बदमासी गर्ने लगायतका काम गर्छन्। विद्यालयमा उनको व्यवहारले सबै आजित भइसकेका हुन्छन्। यसैबीच फ्रायडको मनोविज्ञान पढेका प्रिन्सिपल सुन्दर लालले ध्रुवको व्यवहार अवलोकन गर्छन्।

त्यसपछि उनी आमाको मायाबाट यो बालकले सानैदेखि बन्चित भएको निष्कर्ष निकाल्छन्। यसैबीच प्रिन्सिपल सुन्दरले शिक्षिका कमलालाई ‘नक्कली आमा’ बनेर ध्रुवलाई माया र ममता दिन आग्रह गर्छन्। कमलालाई मन नहुँदानहुँदै पनि उनको आग्रह स्वीकार्छिन्।

प्रिन्सिपलले दिएको जिम्मेवारी कमलाले इमानदारपूर्वक निभाउँछिन्। उनले आमाको मातृवात्सल्य दिएर ध्रुवलाई सुधार्ने प्रयास गर्छिन्। नभन्दै उनी यस काममा सफल हुन्छिन्। यस क्रममा उनी साँच्चिकै ध्रुवसँगको वात्सल्यमा पग्लिन्छिन्। ध्रुव उनलाई आफ्नै छोराझैं लाग्न थाल्छ। ध्रुवले एसएलसी दिएर होस्टल र स्कुल छोड्नु पर्दा उनले आफूलाई सम्हाल्न सक्दिनन्। एसएलसीपछि ध्रुवका बुबा आफ्नो सप्रिएको छोरा लिन जिप चढेर आइपुग्छन् र शिक्षकशिक्षिकालाई धन्यवाद दिँदै फर्किन्छन्।

विजय मल्लले नाटकमा सृजना गरेको बोर्डिङ स्कुललाई शिक्षा बेच्ने नभई ज्ञान प्रदान गर्ने मन्दिरका रूपमा देखाएका छन्। अभिभावकको माया नपाउने बच्चालाई कसरी माया र प्रेमले सही बाटो देखाउन सकिन्छ भनेर विजय मल्लले शैक्षिक संस्था र शिक्षकको आदर्श जीवन्त रूपमा प्रस्तुत गरेका छन्।

]

प्रकाशित: २०८१ चैत ८ गते शुक्रबार ०१:५५
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

काठमाडौं उपत्यकामा खुम्चिँदैछ खेतीयोग्य जमिन (तस्विरहरू)

काठमाडौँ उपत्यका एकताका धानलगायत अन्य खाद्यान्नको खेतीका लागि निकै प्रसिद्ध थियो। उपत्यकाका काठ क्षेत्र एक प्रकारले कृषि उत्पादन केन्द्र मानिन्थ्यो। परालका कुन्युहरूको आकर्षण खास हुने...

सुनसान बन्यो काठमाडौँ उपत्यका: सडक खाली, पसल बन्द (तस्बिरहरू)

दशैँ मनाउन उपत्यकाबाहिर जानेको संख्या बढेसँगै काठमाडौँ उपत्यका सुनसान बनेको छ। सधैँजसो सवारीसाधन र मानिसको चहलपहल रहने सडकहरू अहिले खाली देखिन थालेका छन् भने अधिकांश पसल तथा व्यवसायसमेत...

बाजुराका विभिन्न खेतमा पहेँलपुर भएर पाकेको धानबाली (तस्बिर)

बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना