२०८३ कार्तिक १३ गते बिहिबार

सडकमा सोलीका सोली ऐँसेलु [तस्बिरहरू]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २९
cloudberry-7

पोखरा- कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाको पाउँदुर घुम्ती क्षेत्रमा आज भोलि ऐंसेलु बेच्ने स्थानीयहरुको बाक्लै भीड लाग्ने गर्दछ।

पाखा, डाँडा र खर्कहरुमा फल्ने ऐंसेलु अहिले सो क्षेत्रका स्थानीयहरुको आम्दानीको स्रोत बनेको छ। पोखरा बाग्लुङ सडक खण्डमा यात्रा गर्ने प्राय हरेक यात्रुले यहाँको ऐंसेलु किन्ने गर्दछन्।

प्रति सोली (पातबाट बनाइएको सोली) १०० रुपैयाँमा बिक्री हुने ऐंसेलु टिप्न भने एक बिहानै खर्च गर्नु पर्ने स्थानीय ऐंसेलु व्यापारी रशिका बिश्वकर्माले बताइन्। बिहानै अधेरीखोला तिर जानु पर्छ, तिप्नको लागि पनि गाह्रो नै छ, काँडाले घोच्ने उनले बताइन्।

त्यस्तै ऐंसेलु बेचेरै प्रतिदिन २ हजार सम्म कमाई हुने स्थानिय अस्मी विश्वकर्माले बताइन्। तर ऐंसेलु वर्षको चैत्र-वैंशाख-जेठ महिनामा मात्र फल्ने हुँदा अन्य दिन खेतिकिसनी नै गर्ने गरेको उनले सुनाइन्।

गाउँमा धेरै मात्रामा ऐंसेलु फल्ने भएपनि त्यसको सही उपयोग हुन नसकेको स्थानीयले बताए। पूर्वका केही जिल्लामा वाइन बनाउन र जुस बनाउनको लागि ऐंसेलुको उपयोग गरी राम्रो आम्दानी गरेको भए पनि हाम्रोमा त्यसो हुन नसकेको स्थानीयले गुनासो गरेको छ।

ऐंसेलु नेपालको पहाडी भेग लगायत अन्यत्र पनि पाइन्छ। जस्तो, भारत, पाकिस्तान, चीन। यसलाई ‘गोल्डेन हिमालयन रासबेरी’ भनेर चिनिन्छ। कतिपय भेगमा चाहि यसलाई ‘रासबेरी’ नामले पनि चिनिन्छ।

ऐंसेलु स्वादिलो र रसिलो फल मात्र होइन। यसमा भिटामिन-सि, फिनोल, फ्लेवोनोइड जस्ता सुक्ष्म पोषक तत्व हुन्छ। ऐसेलुको जरामा औषधिय गुण हुन्छ। ज्वरो आउँदा, झाडापखाला लाग्दा, ग्याष्ट्रिक हुँदा ऐंसेलुको जरा सेवन गर्नु फाइदाजक हुन्छ।

तस्बिरहरू:

प्रकाशित: २०८१ चैत २९ गते शुक्रबार ०९:५२
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

काठमाडौं उपत्यकामा खुम्चिँदैछ खेतीयोग्य जमिन (तस्विरहरू)

काठमाडौँ उपत्यका एकताका धानलगायत अन्य खाद्यान्नको खेतीका लागि निकै प्रसिद्ध थियो। उपत्यकाका काठ क्षेत्र एक प्रकारले कृषि उत्पादन केन्द्र मानिन्थ्यो। परालका कुन्युहरूको आकर्षण खास हुने...

सुनसान बन्यो काठमाडौँ उपत्यका: सडक खाली, पसल बन्द (तस्बिरहरू)

दशैँ मनाउन उपत्यकाबाहिर जानेको संख्या बढेसँगै काठमाडौँ उपत्यका सुनसान बनेको छ। सधैँजसो सवारीसाधन र मानिसको चहलपहल रहने सडकहरू अहिले खाली देखिन थालेका छन् भने अधिकांश पसल तथा व्यवसायसमेत...

बाजुराका विभिन्न खेतमा पहेँलपुर भएर पाकेको धानबाली (तस्बिर)

बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना