कास्की- सहरी भीडभाड र कोलाहलबाट अलिक टाढा छ- बेगनास बेगनास ताल। पोखरामै भएपनि फेवातालमा जस्तो भिडभाड हुँदैन बेगनास तालमा।
भिडभाड मन नपराउने र शान्त वातावरण खोज्नेहरूका लागि बेगनास ताल उत्तम गन्तव्य हो।
फेवातालभन्दा केही वर छ बेगनास ताल। पोखरा घुम्न जानेहरूको रोजाइमा यो ताल पनि पर्छ।
निश्चल तालमा डुंगा चलाउन, माछा मार्न र माछालाई चारो खुवाउनका लागि मानिसहरू आउँछन्।


