पोखरा- पर्यटकीय राजधानीका रूपमा परिचित पोखरा, देशकै प्रमुख पर्यटकीय गन्तव्य हो।
यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको पहिलो रोजाइ प्याराग्लाइडिङ, केबुलकार यात्रा र फेवाताल हुने गर्छ।
पछिल्लो समय फेवातालको किनारमा सञ्चालनमा आएको सन्ध्याकालीन आरती कार्यक्रमले पर्यटकहरूलाई थप आकर्षित गरिरहेको छ।
धार्मिक तथा सांस्कृतिक जगेर्नाका उद्देश्यले सुरु गरिएको यो आरती कार्यक्रम फेवातालको बीचमा अवस्थित तालबाराही मन्दिरअगाडि रहेको बाराहीघाटमा दैनिक रूपमा आयोजना हुँदै आएको छ।
पर्यटकहरूलाई लक्षित गरी सुरु गरिएको यस सन्ध्याकालीन आरती पूजा कार्यक्रमले धार्मिक पर्यटन विस्तारलाई पनि टेवा पुर्याइरहेको छ।
तस्बिर: नेपाल फोटो लाइब्रेरी।
