काठमाडौँ- भुटानको थिम्पुमा सम्पन्न फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिप २०२५ मा ९ पदक जितेर स्वदेश फर्किएको नेपाली टोलीलाई विमानस्थलमा स्वागत गरिएको छ। चार स्वर्ण, तीन रजत र दुई काँस्यसहित ९ पदक जितेको टोलीको स्वागतका लागि बक्सिङ सङ्घका पदाधिकारी विमानस्थल पुगेका थिए।
महिला ५० केजी तौल समूहमा नेपालकी आरती बम्जनले भुटानकी जामो जिग्दाललाई ५–० अंकमा पराजित गरी पहिलो स्वर्ण दिलाइन्। महिला ५२ केजीमा नेपालकी अस्मिता दुवालले भुटानकै डेमो नोर्नुलाई ५–० अङ्कले आधारमा हराउँदै नेपाललाई दोस्रो स्वर्ण दिलाइन्।
त्यसैगरी महिला ५४ केजीमा नेपालकी वर्षा श्रेष्ठले भुटानकै लामो तासीलाई ४–१ अङ्कको पछि पार्दै स्वर्ण जितिन्।
पुरुष ५१ केजीमा नेपालका लक्ष्मण राईले भारत (सिक्किम) का कृष्ण कैलाश राईलाई ५–० अङ्कको हराउँदै स्वर्ण जिते। यस्तै पुरुष ४८ केजीमा नेपालका लालप्रसाद उप्रेती भुटानका प्रतिस्पर्धात्मक खेलमा दोर्जे मगरसँग ४–१ अङ्कले पराजित हुँदै दोस्रो भए। पुरुष ५४ केजीमा चन्द्रबहादुर थापा बङ्गलादेशका महोमद उन्सोवसँग फाइनलमा ३–२ अङ्क प्राप्त गरी रजत जिते।
महिला ४८ केजीमा रमिशा श्रेष्ठले र बक्समान्डुबाट सहभागिता जनाएका छिरिङ वाङ्दी शेर्पा पुरुष ६० केजीमा कांस्य पदक जिते।
भुटान बक्सिङ सङ्घको निमन्त्रणामा प्रतियोगिता खेल चैत्र २९ देखि ३१ सम्म सञ्चालन गरिएको खेलमा नेपाल, भारत, भुटान र बङ्गलादेश गरी ४ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल दोस्रो भएको हो भने भुटान पहिलो भयो।
तस्बिरहरू – नेपाल फोटो लाइब्रेरी


