काठमाडौँ- शिक्षक महासंघको आह्वानमा देशभरका सामुदायिक विद्यालय ठप्प भएका छन्। १६ दिनदेखि सडक आन्दोलनमा रहेका शिक्षकले विद्यालयका कुनै पनि गतिविधिमा सहभागी नहुने अडान लिएर सडकमा उत्रिएपछि विद्यालय ठप्प भएका हुन्।
आन्दोलनका कारण नयाँ शैक्षिकसत्रको सुरु भए पनि भर्ना कार्यक्रम सुरु हुन सकेको छैन। महासङ्घले जिल्ला जिल्लाबाट आन्दोलनमा सहभागी हुन शिक्षक कर्मचारीलाई काठमाडौँ आउन उर्दी नै जारी गरेको छ।
महासङ्घका नेताहरूले आन्दोलनमा सहभागी नहुने, विद्यालय सञ्चालन गर्ने शिक्षक तथा कर्मचारीहरूमाथि निगरानी समेत गरेको हुनाले अहिले विद्यालयहरू पूर्ण रूपमा बन्द भएको छ।
तस्बिरमा काठमाडौँ उपत्यकाको बाँसबारी माध्यमिक विद्यालय, शिवपुरी, नन्दी, पद्मकन्या विद्याश्रामलगायतका विद्यालयहरू।
