काठमाडौँ- विभिन्न माग राखी १७ दिनदेखि आन्दोलनरत शिक्षकले माइतीघर नयाँ बानेश्वर सडक अवरोध गर्दा सर्वसाधारणले सास्ती भोग्नु परेको छ।
मुख्य सडक नै अवरोध हुँदा १७ दिनदेखि सो क्षेत्रको ट्राफिक प्रभावित समेत भएको छ।
अहिले नयाँबानेश्वर अनामनगर, माइतीघर मण्डला, थापाथली धोबीखोला कोरिडोरमा ट्राफिक भार बढेको छ भने लामो समय जाममा बस्नु परेको छ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी
