२०८३ कार्तिक १३ गते बिहिबार

इरान-अमेरिका आणविक वार्तामा के भयो?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख ७
us_iran

रोम- प्रारम्भिक चरणको छलफल भएको एक हप्तापछि संयुक्त राज्य अमेरिका र इरानले शनिबार रोममा ओमानद्वारा मध्यस्थता गरिएको तेहरानको आणविक कार्यक्रममा वार्ता गरेका छन्।

प्रारम्भिक चरणको छलफललाई दुवै पक्षले ‘रचनात्मक’ भनेर वर्णन गरेका थिए।

एक अमेरिकी अधिकारी र इरानी राज्य टेलिभिजन अनुसार रोममा ओमानको मध्यस्थतामा गरिएको वार्ता करिब ९:३० (ग्रिनविच मिन टाइम) सुरु भएको थियो।

इरानी राज्य टेलिभिजनले प्रसारण गरेको तस्बिरहरूमा विदेशमन्त्री अब्बास अराघची इटालीको राजधानी आइपुगेको देखाइएको छ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले ओमानका राजदूतको निवासमा ‘दुई प्रतिनिधिमण्डल दुई फरक कोठामा’ रहेको बताए।

ओमानका विदेशमन्त्री बद्र अलबुसैदीले उनीहरूबीच सन्देशहरू आदानप्रदान भएको थियो।

इरानले मस्कटमा अप्रत्यक्ष वार्ता भनेको दुई पक्षले गरेको एक हप्तापछि यो बैठक भएको हो। सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ऐतिहासिक आणविक सम्झौता त्यागेपछि यी दुई देशबीच यति उच्चस्तरमा भएको पहिलो छलफल थियो।

संयुक्त राज्य अमेरिकासहितका पश्चिमी देशहरूले लामो समयदेखि इरानलाई आणविक हतियार प्रयोग गरेको आरोप लगाएका छन्।

उक्त आरोपलाई तेहरानले लगातार अस्वीकार गर्दै आएको छ। उसले आफ्नो कार्यक्रम शान्तिपूर्ण नागरिक उद्देश्यका लागि हो भनेर जोड दिँदै आएको छ।

इरानको सन् १९७९ को इस्लामिक क्रान्तिपछि तेहरान र वासिङ्टनबीच कुनै कूटनीतिक सम्बन्ध छैन। जनवरीमा आफ्नो कार्यालयमा फर्केपछि ट्रम्पले इरानविरुद्ध प्रतिबन्धहरूको आफ्नो ‘अधिकतम दबाब’ अभियान पुनर्जीवित गरेका थिए।

मार्चमा उनले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई नयाँ आणविक वार्ता गर्न आग्रह गर्दै पत्र पठाएका थिए र कूटनीति असफल भएमा सैन्य कारबाही गर्ने चेतावनी पनि दिएका थिए।

‘म सैन्य विकल्प प्रयोग गर्न हतारमा छैन’, ट्रम्पले बिहीबार भने, ‘मलाई लाग्छ इरान कुरा गर्न चाहन्छ।’

शुक्रबार अराघचीले इरानले पहिलो चरणमा अमेरिकी पक्षमा ‘केही हदसम्म गम्भीरता’ देखेको तर उनीहरूको ‘अभिप्राय र अभिप्रेरणाहरू’ मा प्रश्न उठाएको बताए।

शनिबार बिहान एक सामाजिक सञ्जाल पोस्टमा बाकाईले भने, ‘तेहरान यो सहज मार्ग होइन भन्ने कुरामा सचेत छ तर हामी विगतका अनुभवहरूमा भर परेर खुला आँखाले हरेक कदम चाल्छौँ।’

मध्यस्थकर्ता ओमानका नेता सुल्तान हैथम बिन तारिक आउँदा दिनहरूमा मस्कोमा जाने कुरा उहाँको कार्यालय र क्रेमलिनले जनाएका छन्। क्रेमलिनले सुल्तानले राष्ट्रपति भ्लादिमिर पुटिनसँग ‘अन्तर्राष्ट्रिय र क्षेत्रीय एजेन्डामा वर्तमान प्रश्नहरू’ र अन्य मुद्दाहरूबारे छलफल गर्ने बताएका छन्।

निर्णायक चरण
फ्रान्सेली पत्रिकाले मोन्डेद्वारा बुधबार प्रकाशित एक अन्तर्वार्तामा संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी प्रमुख राफेल ग्रोसीले भने, ‘इरान आणविक बम प्राप्त गर्नबाट धेरै टाढा छैन।’

ट्रम्पको पहिलो कार्यकालमा वासिङ्टनले तेहरान र विश्व शक्तिहरू बीचको सन् २०१५ को सम्झौता त्यागेको थियो। उक्त सम्झौताले इरानलाई उसको आणविक कार्यक्रममा प्रतिबन्धहरूको बदलामा अन्तर्राष्ट्रिय प्रतिबन्धहरूबाट राहत दिने प्रस्ताव गरेको थियो।

तेहरानले आफ्नो अनुपालन कम गर्नुअघि ट्रम्पको फिर्तापछि एक वर्षसम्म सम्झौताको पालना गरेको थियो।

अराघची सन् २०१५ को सम्झौताका वार्ताकार हुनुहुन्थ्यो। रोममा उनका अमेरिकी समकक्षी विटकफलाई ट्रम्पले युक्रेन वार्ताको जिम्मा दिइएको छ। विटकफ एक रियल इस्टेट व्यापारीसमेत हुन्।

इरानले हाल ६० प्रतिशतसम्म युरेनियम संवर्धन गर्दछ। यो सम्झौताको तीन दशमलव ६७ सीमाभन्दा धेरै छ तर अझै पनि हतियार–ग्रेड सामग्रीका लागि आवश्यक ९० प्रतिशत सीमाभन्दा कम छ।

शुक्रबार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युरोपेली देशहरूलाई सन् २०१५ को सम्झौताअन्तर्गत ‘स्न्यापब्याक’ संयन्त्रलाई ट्रिगर गर्ने कि नगर्ने निर्णय गर्न आग्रह गरे। यसले इरानमाथि यसको गैर–अनुपालनका लागि संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धहरू स्वचालित रूपमा पुनःस्थापित गर्नेछ।

संयन्त्रलाई ट्रिगर गर्ने विकल्प यस वर्षको अक्टोबरमा समाप्त हुँदैछ। इरानले पहिले नै यदि संयन्त्र सुरु गरियो भने उसले आणविक अप्रसार सन्धिबाट पछि हट्न सक्छ भनी चेतावनी दिएको छ।

यसै हप्ता तेहरानमा इरानी अधिकारीहरूलाई भेट गर्नुभएका ग्रोसीले अमेरिका र इरान वार्ताको ‘अत्यन्त महत्त्वपूर्ण चरणमा’ रहेको र सम्झौता गर्न ‘धेरै समय नभएको’ बताएका थिए।

अपरिवर्तनीय
इरानी अधिकारीहरूले वार्तामा उसको आणविक कार्यक्रम र प्रतिबन्धहरू हटाउनमा मात्र केन्द्रित रहेको कुरामा जोड दिएका छन्। यदि वासिङ्टनले ‘अनुचित र अवास्तविक मागहरू गर्न’ बाट टाढा रह्यो भने अमेरिकासँग सम्झौता हुनसक्ने सम्भावना रहेको अराघचीले बताए।

विश्लेषकहरूले अमेरिकाले इरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम र मध्यपूर्वमा उग्रवादीहरूलाई समर्थन गर्ने विषयमा छलफल गर्न दबाब दिने बताएका थिए।

विटकफले यसलाई पूर्ण रूपमा रोक्न आह्वान गरेपछि इरानको युरेनियम संवर्धन गर्ने अधिकार ‘गैर–सम्झौता योग्य’ भएको अराघचीले बताउनुभयो। विटकफले यसअघि इरानलाई सन् २०१५ को सम्झौताले तय गरेको सीमामा फर्किन मात्र माग गरेका थिए।

शुक्रबार अमेरिकी सहयोगी इजरायलले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने आफ्नो प्रतिबद्धतालाई पुष्टि गर्दै यसलाई रोक्न ‘स्पष्ट कारबाही’ भएको बताएको थियो।

मङ्गलबार खामेनीले वार्ताहरू प्रारम्भिक चरणमा राम्रोसँग अघि बढेको भए पनि तिनीहरू अझै पनि निष्फल साबित हुनसक्ने चेतावनी दिएका थिए। ‘वार्ताले नतिजा निकाल्न सक्छ वा नदिन पनि सक्छ’, उनले भनेका थिए।

प्रकाशित: २०८२ बैशाख ७ गते आईतबार ०७:५४
प्रतिक्रिया

थप समाचार

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

सानिमा बैंकको नाफा १३१ प्रतिशतको उछाल, तीन महिनामा १ अर्ब ५ करोड

काठमाडौँः सानिमा बैंकले चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा १ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा गत आर्थिक...

नागढुङ्गा सुरुङमार्ग प्रयोग गरे शुल्क लाग्ने, कुन गाडीलाई कति दस्तुर?

काठमाडौँ: नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले आगामी कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना