काठमाडौँ- राजतन्त्र पुनर्स्थापनाका लागि भएको आन्दोलनमा गिरफ्तार भएका नेताको रिहाइको माग गर्दै राप्रपाले धर्ना दिएको छ।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयनजिक राप्रपाले मंगलवार धर्ना दिएको हो।
‘अवस्था बदल्न व्यवस्था बदलौँ’ भन्ने नाराका साथ राप्रपा काठमाडौं जिल्ला इकाइले प्रदर्शन गरेको हो।
देशभरका जिल्ला प्रशासन कार्यालयअघि प्रदर्शन गरेको राप्रपाले ज्ञापनपत्रसमेत बुझाएको छ।


