नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरूले मंगलबार पनि काठमाडौंकेन्द्रित आन्दोलन गरेका छन्।
काठमाडौंको माइतीघर-बबरमहल क्षेत्रका सडकमा भेला भएर शिक्षकहरूले सरकारविरूद्ध नाराबाजी पनि गरेका छन्।
‘ओइ सरकार ओइ, शिक्षा मन्त्री खोइ?, व्यापारी सरकार होसियार, शैक्षिक माफिया होसियार, देशभरबाट आइया’छ, शिक्षा ऐन चाहिया’छ’ जस्ता नारा लगाउँदै शिक्षकहरूले प्रदर्शन गरेका हुन्।
शिक्षकहरूले चैत २० गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका छन्।
तस्बीरहरुः













