काठमाडौँ- भारत सरकारले जातीय जनगणना गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले जातीय जनगणना गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिँदै केन्द्रीय मन्त्री अश्विनी वैष्णवले सरकारले आगामी जनगणनामा जातीय जनगणना गर्ने निर्णय गरेको जानकारी दिएका हुन्।
राजनीतिक मामिलासम्बन्धी मन्त्रिपरिषद् समितिका अध्यक्ष प्रधानमन्त्री नरेन्द्र मोदी हुन्। यसबाहेक रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाह, सडक यातायातमन्त्री नितिन गडकरी, अर्थमन्त्री निर्मला सीतारमण र वाणीज्यमन्त्री पियुष गोयल पनि छन्।
वैष्णवले कांग्रेसले जातीय जनगणनाको विरोध गर्दै आएको दाबी गरे। सन् २०१० मा तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले जातीय जनगणनाको आश्वासन दिएका थिए। तर जातीय जनगणना भएको थिएन।


