काठमाडौंमा नोरा फतेही लाइभ इन हुने भएको छ। यही जेठ ३ गते हायात होटलको ग्राउण्डमा कार्यक्रम हुन लागेको हो।
नोरालाई नेपाल ल्याउन झन्डै ३ करोड खर्च भएको आयोजकले जनाएको छ। नोरासँगै १६ कोरस डान्सर आउन लागेको हुनाले खर्च धेरै हुन लागेको आयोजकले जनाएको छ।
वर्ल्ड वाइड फिल्मस नेटवर्क प्राइभेट लिमिटेडको आयोजनामा हुन लागेको नोरा फतेही लाइभ इन नेपालमा तेरिया मगर, दुर्गेश थापा, द भ्वाइस अफ नेपालका चन्द्रकला राई लगायत ५ जनाले प्रस्तुति रहने छन्।
आयोजकले यो लाइभ शोबाट उठेको पैसा अनाथ बालबालिकालाइ पढाइमा मद्दत गरिरहेको हुमन रेस्पेक्ट नेपाललाई दिने बताएका छन्।


