मस्को- युक्रेनले लगातार दोस्रो दिन पनि रसियाका विमानस्थलमा ड्रोन आक्रमण गरेपछि रुसले मस्कोका विमानस्थलहरू बन्द गरेको छ।
सुरक्षाको सुनिश्चितता नभएसम्मका लागि भन्दै विमानस्थल बन्द गरिएको हो।
रसियाका एभिएसन वाचडग रोसाभियात्सियाले टेलिग्रामा सुरक्षा सुनिश्चितता नभएसम्मका लागि राजधानीका सबै चार वटा मुख्य विमानस्थलहरू बन्द गरिएको जानकारी दिएका हुन्।
मस्कोका मेयर सर्गेइ सोब्यानिनले सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार कम्तीमा १९ युक्रेनी ड्रोन फरक फरक दिशाबाट शहरमा प्रवेश गर्नु पहिलेनै नष्ट गरिएको बताए।
नस्ट भएका ड्रोनको भग्नावशेस मुख्य राजमार्गमा झरे पनि त्यसले मानवीय क्षति नभएको जानकारी दिए। युक्रेनले अहिले सम्म रसियाका विमानस्थललाई लक्षित गरी गरेको आक्रमणबारे केही बताएको छैन।
यद्यपि युक्रेनका शहरहरुमा रसियाले रातभरी हमला गरेको बताएको छ। युक्रेनका विभिन्न शहर निसानामा पारिएको दाबी उसले गरेको छ।


