काठमाडौँ- भारतले मंगलबार मध्यरातमा गरेको हवाई आक्रमणबाट पाकिस्तानमा आठ जनाको मृत्यु भएको छ।
पाकिस्तान आर्मी इन्टर–सर्भिस पब्लिक रिलेशन्स (आईएसपीआर) का महानिर्देशक अहमेद सारिफ चौधरीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारसंस्थाले हालसम्म आठ जनाको मृत्यु र ३५ जना घाइते भएको जनाएका छन्।
मंगलबार राति भारतले पाकिस्तानमाथि आक्रमण गरेको हो।
पहलगाममा पयर्टकमाथि भएको आतंककारी आक्रमणको बदलामा भारतले पाकिस्तानमाथि जवाफी कारबाही गरेको जनाएको छ।
भारतले उक्त आक्रमणमा पाकिस्तान जिम्मेवार भएको आरोप लगाउँदै आएको छ। पहलगाम आतंककारी हमलामा एक नेपालीसहित कुल २६ जनाको निधन भएको थियो।


