२०८३ कार्तिक १३ गते बिहिबार

रुससँग युद्धरत युक्रेनले भन्यो- भारत र पाकिस्तान दुवैले संयम अपनाउनू

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २५
jelensky

किभ- रुससँग युद्धरत युक्रेनले भारत र पाकिस्तानलाई संयम अपनाउन र कूटनीतिक वार्तालाई प्राथमिकता दिन आग्रह गरेको छ।

दक्षिण एसियामा सुरक्षाको अवस्थालाई थप बिगार्न सक्ने कदमबाट बच्न पनि उसले दुवै देशलाई आग्रह गरेको हो।

युक्रेनी विदेश मन्त्रालयले घटनाक्रमलाई नजिकबाट नियालिरहेको र यस क्षेत्रमा शान्ति तथा स्थिरता सुनिश्चित गर्नका लागि अन्तर्राष्ट्रिय पहल र प्रयासको समर्थन गरिने उल्लेख गरेको छ।

‘भारत र पाकिस्तानबीच बढ्दो तनावको सन्दर्भमा हामी दुवै पक्षलाई संयम अपनाउन र कूटनीतिक वार्तामा संलग्न हुन आह्वान गर्दछौँ। दक्षिण एसियाली क्षेत्रमा सुरक्षाको अवस्थालाई बिगार्न सक्ने कार्यहरूबाट बच्न र विवादहरूको शान्तिपूर्ण समाधानको काम गर्नु महत्त्वपूर्ण छ,’ युक्रेनी विदेश मन्त्रालयले भनेको छ।

त्यस्तै, बेलारुसले पनि भारत-पाकिस्तानबीच बढ्दो तनावमा चिन्ता व्यक्त गरेको छ। समस्याय समाधानका लागि वार्ता र शान्तिपूर्ण उपायहरू अपनाउनुपर्नेमा जोड दिनुपर्नेमा उसको जोड छ।

भारतको पहलगाममा एक जना नेपालीसहित २६ जनाको हत्या गरिएपछि भारतले पाकिस्तानमाथि ‘अपरेसन सिन्दूर’ नाम दिएर आक्रमण गरेको हो। बुधवार बिहानबाट सुरु गरिएको यो आक्रमणमा पाकिस्तानका ९ ‘आतंकवादी’ केन्द्रमा आक्रमण गरिएको भारतको दाबी छ। २४ मिसाइल प्रहार गरी गरिएका यी आक्रमणमा पाकिस्तानतर्फ सय जनाको मृत्यु भएको भारतीय पक्षको दाबी छ।

यसैबीच भारतको केन्द्र सरकारले बिहान ११ बजे संसदको पुस्तकालय भवनमा सर्वदलीय बैठक बोलाएको छ। बैठकमा अपरेसन सिन्दूरका विषयमा जानकारी गराइने बताइएको छ। पहलगाम हमलापछि भारत सरकारले दोस्रो पटक सर्वदलीय बैठक बोलाएको हो।

उता रूस तीन दिनका लागि युद्धविराम गरेको छ। यसको बदलामा युक्रेनले पनि युद्धविराम गर्ने विश्वास रुसको छ। विक्ट्री डे परेडलाई दृष्टिगत गरी मे १० सम्मका लागि युद्धविरामको घोषणा गरिएको हो।

प्रकाशित: २०८२ बैशाख २५ गते बिहिबार ०७:०३
प्रतिक्रिया

थप समाचार

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

सानिमा बैंकको नाफा १३१ प्रतिशतको उछाल, तीन महिनामा १ अर्ब ५ करोड

काठमाडौँः सानिमा बैंकले चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा १ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा गत आर्थिक...

नागढुङ्गा सुरुङमार्ग प्रयोग गरे शुल्क लाग्ने, कुन गाडीलाई कति दस्तुर?

काठमाडौँ: नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले आगामी कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना