काठमाडौँ- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई वार्तामा आउन आह्वान गरेका छन्। तीन दिने युद्धविराम घोषणा गरेको रुसले त्यसलाई निरन्तरता दिनका लागि वार्ताको आह्वान गरेको हो। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि रुससँग वार्ताका लागि तयार भएको बताएका छन्।
रुसले युद्ध अन्त्य गर्न चाहेको विषयलाई पनि उनले ‘सकारात्मक संकेत’ भन्ने उल्लेख गरेका छन्।
उनले रुसले युद्धिविराम गर्ने पनि अपेक्षा गरेको उल्लेख गरेका छन्। युद्धविराम पूर्ण हुने, दीर्घकालीन हुने र विश्वसनीय हुने र भोलिबाटै युद्धविराम हुने उनको विश्वास छ।
युरोपेली नेताहरूले युक्रेन भ्रमण गरी ३० दिने युद्धविरामका लागि अनुरोध गरेपछि पुटिनले १५ मेमा टर्कीको इस्तानबुलमा प्रत्यक्ष वार्ताका लागि आह्वान गरे छन्।
यसैबीच पुटिनले गरेको तीनदिने युद्धविरामको अन्त्य भएपछि रुसले ड्रोनबाट थुप्रै आक्रमण गरेको युक्रेनको भनाइ छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन दुवै देशका लागि यो कदम उपयुक्त हुने प्रतिक्रिया दिएका छन्।
‘रुस र युक्रेन दुवैका लागि यो महान दिन हुन सक्नेछ,’ ट्रम्पले सोसियल मिडिया ट्रुथ सोसियलमा भनेका छन्, ‘यसबाट हजारौँको जीवन बच्नेछ।’
सन् २०२२ को फेब्रुअरी यता दुवै देश युद्धमा छन्।


