काठमाडौं–अग्नि ग्रुपले इटहरीमा महिन्द्रा एन्ड महिन्द्राको नयाँ सोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीले महिन्द्रा गाडी बिक्रीपछि सुविधा दिने गरी बिक्री, सेवा र पार्टपुर्जासहितको सोरुम स्थापना गरेको हो।
नेपालमा भित्रिएका नयाँ ट्विन पिक्स ब्रान्डेड सबै शृंखलाका सवारीसाधनसहितको थ्रीएस सेटअपयुक्त सोरुम उद्योग वाणिज्य महासंघ इटहरीका अध्यक्ष जीवन पराजुली र अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे।
काठमाडौंमा महिन्द्रा एक्सयूभी ७०० र एक्सयूभी ३०० का आधुनिक सोरुमपछि इटहरीमा थप शाखा विस्तार गरिएको कम्पनीले बताएको छ। नेपाली बजारमा एक्सयूभी ७०० र एक्सयूभी ३०० को प्रारम्भिक मूल्य क्रमशः ७४ लाख र ४२ लाख ९५ हजार रहेको छ।


