२०८३ कार्तिक १३ गते बिहिबार

‘लभर ब्वाइ’को छायाबाट भाग्न चाहन्छन् आर्यन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ ८
aryan sigdel

काठमाडौँ- नेपाली फिल्ममा ‘लभर ब्वाई’ को भूमिकामा रुचाइएका अभिनेतामध्ये एक हुन्- आर्यन सिग्देल। चलचित्र ‘किस्मत’मार्फत अभिनयको सुरुआत गरेका उनले प्रेम कथानक चलचित्रमा धेरैजसो भूमिका खेलेका छन्।

दर्शकले अभिनेता सिग्देलको यस्तै अभिनय रुचाएपछि होला, निर्माता र निर्देशकले पनि एकै प्रकारको भूमिका प्रस्ताव गरेको छ। यद्यपि अभिनेता सिग्देल आफूलाई एकै भूमिकामा सीमित गर्न चाहँदैनन्।

त्यसैले नै उनले ‘होमवर्क’ मा दोहोरो भूमिका निर्वाह गरे। जसमा बुबाको भूमिकामा प्रस्तुत हुँदा धेरै दर्शकले उनलाई चिनेनन्। त्यसपछि ‘नाइके’ मा द्वन्द्व प्रधान भूमिका गरे। आफ्नो ‘लभर ब्वाई’ को छवि मेट्न उनी दुवै चलचित्रबाट असफल भए।

‘मैले आफूलाई बदल्ने कोसिस नगरेको होइन, विविध कारणले त्यो सम्भव भएन। मैले गरेका प्रयास असफल हुँदा मैले नियमित रूपमा गरिरहेकै भूमिका सही हो किजस्तो पनि लाग्यो, तर बिस्तारै चलचित्र निर्माण शैलीमा आएको परिवर्तनका कारण मैले अभिनय गरेका चलचित्रहरू दर्शकका रोजाइमा कम पर्न थाले। फलतः मेरो उपस्थिति कम भयो’, अभिनेता सिग्देलले भने।

उनलाई बदल्न वा नयाँ किसिमले प्रस्तुत गर्न निर्माताले पनि आँट गरेनन्। ‘गुड लुकिङ’ सँगै अभिनय गर्न सक्ने अभिनेता सिग्देल बिस्तारै चलचित्रबाट टाढिएको जस्तो भयो, तर गत वर्ष प्रदर्शन भएको चलचित्र ‘पुजार सार्की’ पश्चात् उनको छवि फेरियो। ‘लभर ब्वाई’ का रूपमा परिचित अभिनेता सिग्देल अहिले अन्य पात्रमा पनि प्रस्तुत भइरहेका छन्।

‘मैले आफूलाई परिवर्तन गर्न मलाई फरक रूपमा दर्शकसामु ल्याएँ। अहिले म पात्रमा रमाउन थालेको छु’, अभिनेता सिग्देलले भने।

आर्यनको फरक अवतार।

उनलाई मात्र नभई ‘प्रेम गीत’ चलचित्रमार्फत ‘प्रेम’ उपनामले समेत चिनिएका अभिनेता प्रदीप खड्कालाई समेत निर्देशक राउतले ‘स्टारडम’ को छाया बाहिर ल्याएर अभिनय गराए अर्थात् सुकिलामुकिला कपडा, आकर्षक शरीर र काल्पनिक दृश्यमा प्रस्तुत हुने अभिनेता खड्कालाई जुम्लाको ग्रामीण परिवारको युवकका रूपमा निर्देशक राउतले ‘प्रकाश’ मा प्रस्तुत गरे।

त्यसपछि अभिनेता सिग्देल र खड्कालाई निर्देशक राउतले ‘पुजार सार्की’ मा एकसाथ अभिनय गराए।

‘लभर ब्वाई’ को छवि बनाएका दुई अभिनेता ग्रामीण भेगका युवा झैँ देखिए। अन्य निर्देशकले कल्पना पनि नगरेको भूमिका निर्देशक राउतले सोच्नुको कारण सामीप्य भएको बताए।

‘मैले उहाँ दुईलाई भेट्दा चललचित्रमा गरिरहेको भूमिका र चलचित्रप्रतिको चेतनामा फरक पाएँ किनकि उहाँहरू पनि आफूले गर्ने भूमिकामा मात्र सीमित हुने सोचमा हुनु हुन्थेन। मैले उहाँ दुईमा देखेको सोचले नै छवि बदल्ने भूमिका सुनाएँ। उहाँहरूले विश्वास गरेकै कारण चलचित्र सफल हुनाका साथै दर्शकले पनि रुचाउनुभयो’, निर्देशक राउतले भने।

उनले अभिनेतालाई एकै किसिमको भूमिकामा सीमित गर्न नहुने विचार राखे। सोही कारण आफ्ना प्रायः चलचित्रमा निर्देशक राउतले फरक भूमिकामार्फत नयाँ छवि निर्माण गर्छन्।

‘कलाकारलाई दर्शकले हेर्ने नजरिया कुनै न कुनै चलचित्रमार्फत नै निर्माण भएको हो, त्यसैले हामीले नयाँ प्रयोग गर्न डराउनु हुँदैन। सधैँ बजारमा चलेको ‘ट्रेन्ड’ लाई पछ्याउनु हुँदैन, हामीले नयाँ कुरा बजारलाई दिनुपर्छ’, उनले भने।

राउतले निर्देशन गरेका चलचित्र ‘महाभोज’ आगामी १५ जेठमा प्रदर्शन हुँदै छ। उक्त चलचित्रमा अभिनेता सिग्देलसँगै दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, पुस्कर गुरुङ, मलिका महतलगायतका कलाकारले अभिनय गरेका छन्। रासस

प्रकाशित: २०८२ जेठ ८ गते बिहिबार ०९:४७
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना