काठमाडौं– सानिमा बैंकले नवलपरासीको सुनवलमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ। सुनवल नगरपालिका–४ मा बैंकले शुक्रबार नयाँ शाखा स्थापना गरी बैंकिङ सेवा सुरु गरेको हो।
शाखा उद्घाटन बैंकका ब्रान्ड प्रवद्र्धकद्वय कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रूपमा गरे। सुनवल शाखाबाट यस क्षेत्रका नागरिकलाई आधुनिक बैंकिङ सुविधा उपलब्ध गराइने बैंकले जनाएको छ।
बैंकका सीइओ पाण्डेले सुनवलमा शाखा विस्तार गरिएपछि सेवाग्राहीलाई बैंकिङ कारोबारमा सहज हुने विश्वास व्यक्त गरे। बैंकले हाल १३२ शाखा र १२२ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ।


