अभिनेता सलमान खानको बहुचर्चित टीभी शो ‘बिग बोस’को १९औँ सिजन आउने मिति तय भएको छ। कलर्स टिभी र प्रोडक्सन हाउस बनीजाय एशियाबीचको विवादका कारण यो शोको मिति तय हुन सकेको थिएन। तर यो विवाद साम्य भएपछि शोको मिति तय भएको बताइएको छ।
पिंकभिल्लाले हालै सार्वजनिक गरेको रिपोर्टअनुसार १९औँ सिजनको बिगबोस ३० जुलाइ २०२५ बाट सुरु हुनेछ। यो सिजनको ‘बिग बोस’ सन् २०२६को जनवरीमा समापन गर्ने लक्ष्य राखिएको छ। यद्यपि औपचारिक रूपमा भने बिगबोस टिमले यसको प्रदर्शन मिति सार्वजनिक गरेको छैन। ५९ वर्षीय सुपरस्टार सलमान खानले जुन महिनाको अन्तिम सातासम्ममा प्रोमोको सुटिङ सक्ने रिपोर्टमा उल्लेख छ।
साधारणतया बिगबोस सेप्टेम्बर या अक्टोबरमा सुरु हुने गरेको थियो। तर यसपालिको सिजन लामो हुने भएकाले सुरु हुने मिति अघि सारिएको बताइएको छ।
यो सिजनमा पनि मुख्य होस्टमा सलमान रहेनछन्। यसपालिको बिगबोस ओटीटीमा उपलब्ध हुनेछैन। विगतमा जियो सिनेमामा यसको ओटीटी भर्सन उपलब्ध हुने गरेको थियो।
सलमान खान २०१० देखि बिग बोससँग जोडिएका हुन्। उनले बिग बोस सिजन-४ देखि होस्ट गर्न थालेका हुन्। सिजन-४ अघि शोमा अरशद वारसी (सिजन १), शिल्पा शेट्टी (सिजन २) र अमिताभ बच्चन (सिजन ३) ले शो होस्ट गरेका थिए। बिगबोस चर्चित डच शो ‘बिग ब्रदर’ को ढाँचामा आधारित भएर बनेको छ।
वर्तमान परिवेशमा यो देशकै सबैभन्दा ठूलो रियालिटी शोहरूमध्येको एक बनेको छ। हरेक वर्ष बिग बोसमा नयाँ ट्विस्ट र नयाँ प्रतियोगीसँग दर्शकहरूलाई मनोरञ्जन दिने गर्दछ। सलमानको होस्टिङले योलाई शो अलगै स्तरमा पुर्याएको छ। हिन्दीका साथै बिग बोसका कन्नड, तमिल, तेलुगु र मराठी संस्करणहरू पनि धेरै लोकप्रिय छन्।


