काठमाडौं– पर्वत कलाकार समाजको नयाँ नेतृत्वमा गायक तथा सञ्चारकर्मी कृष्ण समिप सुवेदी निर्विरोध निर्वाचत भएका छन्।
काठमाडौंमा आइतबार आयोजित समाजको तेस्रो साधारणसभा तथा अधिबेशनबाट अध्यक्षमा सुवेदी चयन भएका हुन्। अध्यक्ष चयन भएपछि सुवेदीले भनेका छन्, ‘संस्थालाई सबै पर्वते कलाकारको साझा र अपनत्ववोध गर्ने संस्था बनाउने प्रयास रहन्छ। अग्रज र अनुजहरु सबैको साझा चौतारी बनाउने प्रतिवद्धता गरेको छु।’
पर्वत कलाकार समाजको साधारणसभाले बरिष्ठ उपध्यक्षमा कुमार केसीलाई चयन गरेको छ। केसी लामो समयदेखि कलाकर्म तथा निर्देशनमा सक्रिय छनु। त्यसैगरी उपाध्यक्षमा लोकप्रिय गीतकार तथा गायक प्रल्हाद सुवेदी, महासचिवमा सुजन बराइली, सचिवमा शुष्मा लोहनी, कोषाध्यक्ष्मा सुरज श्रेष्ठ, सहकोषाध्यक्षमा कल्पना काफ्ले र सदस्यहरुमा क्रमशः रमेश सेन्चुरी, दिपिका पौडेल, भिम बहादुर पौडेल, अमृत चापागाईं, दीपक गुरुङ, यमुना रसाल अनि अशोक पौडेल छन्।



