काठमाडौँ- नारायणहिटी आसपासको क्षेत्रमा कार्यक्रम गर्न नदिएपछि राजावादीहरुले प्रधानमन्त्री निवास बालुवाटार नजिकै प्रदर्शन गरेका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रवार मात्र नारायणहिटी आसपासलाई निषेधित क्षेत्र तोकिदिएपछि शान्तिवाटिकामा भेला भएका राजावादीहरू प्रधानमन्त्री निवास बालुवाटार लागेका हुन्। उनीहरुले ‘राजा आउ, देश बचाऊ’लगायतका नारा लगाएका थिए।
तस्बिर : नेपाल फोटो लाइब्रेरी


