काठमाडौँ- सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको छ।
यसको प्रभाव देशभरि नै परेको छ। सार्वजनिक यातायात बन्द हुँदा सर्वसाधारणलाई मर्का परेको छ।
दैनिक कामकाजका लागि सार्वजनिक यातायात प्रयोग गर्ने र यात्रामा रहेका सर्वसाधारण समस्यामा छन्। निजी सवारी भने निर्वाध रुपमा चलिरहेका छन्।
‘राइड सेयरिङ’को विरोधमा उनीहरुले यातायात बन्द गरेका हुन्।
कलंकी सडकमा देखिएनन् सार्वजनिक यातायातका साधन
गाडी नचलेपछि पैदलयात्रा
