ललितपुर- नारायणी अटो बिजनेस प्रालिले टायर सोरुम ‘सिएट सपी’ ललितपुरको बालकुमारीमा सञ्चालनमा ल्याएको छ। सिएट इडिया अन्तर्गत अन्तर्राष्ट्रिय व्यापारका भाइस प्रेसिडेन्ट सत्य रावले आइतबार सिएट सपी बालकुमारीको उद्घाटन गरेका हुन्।
‘सिएट टायरको यस नयाँ सोरुमले नेपाली ग्राहकहरुको बद्लिँदो इच्छा एवं आवश्यकतालाई सर्वाेत्कृष्ट ढङ्गले परिपूर्ति गर्ने कुरामा मलाई पूर्ण विश्वास छ,’ कार्यक्रममा बोल्दै रावले भने।
उनले सिएट, इन्डिया नारायणी अटो बिजनेससँग निरन्तर प्रभावकारी सहकार्य गरी भविष्यमा सिएट ब्राण्डको छविलाइ नेपाली बजारमा अझ सुदृढ बनाउन उत्सुक रहेको पनि जानकारी दिए।
यस्तैगरी, नारायणी अटो बिजनेसका प्रबन्ध निर्देशक अनुप बरालले सिएट जस्तो गुणस्तरीय टायर ब्राण्डसँग जोडिन पाउँदा आपुूलाई हर्ष एवं गौरवको अनुभव भएको बताए। यस सोरुम नेपाली बजारमा निरन्तर वृद्धि भइरहेको सिएटको मागलाई सम्बोधन गर्न एक कोशेढुङ्गा सावित हुने पनि उनले बताए।

कार्यक्रममा बोल्दै सिएट, इन्डियाका नेपाल र भुटानका कन्ट्री मेनेजर राजपाल चड्डाले सिएट टायरको गुण एवं विशेषताहरु बारे प्रस्ट पारे। यस्तै, सिएट टायरका नेपालस्थित आधिकारिक बिक्रेता एसटिसीका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेतीले लामो समयदेखि नेपाली ग्राहकहरुको पहिलो रोजाईमा सिएट टायर पर्न सफल भएको बताए। ‘हामी निरन्तर ग्राहकहरुलाई गुणस्तरीय एवं भरोसायोग्य तवरले सेवा प्रदान गर्न प्रतिवद्ध छौं,’ उनले भने।
सो रुम उद्घाटनको अवसरमा सिएट टायरको मोडेल अनुरुप ५ देखि १५ प्रतिशतसम्म छुट प्रदान गरिने कम्पनिले जानकारी गराएको छ।
अन्य उस्तै खालका टायर भन्दा उत्कृष्ट कार्यक्षमताको लागि सिएटले फाईभ स्टारको मान्यता प्राप्त गरेको छ। गाडीहरुको चक्कामा सरल एवं सन्तुलित तवरले प्रयोग गर्न सकिने सिएटमा सुरक्षाका विशेषताहरुले पनि सम्पन्न छ। त्यसैगरी, यस उत्पादनले इन्धनको खपत न्यूनीकरण गर्न पनि सहयोग गर्दछ।


