काठमाडौँ- जेठ २३ गते रिलिज हुन लागेको फिल्म ‘जन्ते बाख्रो’को प्रिमियर सम्पन्न भएको छ। बुधवार सिभिल मलमा फिल्मको प्रिमियर गरिएको हो।
प्रिमियरमा कलाकारहरु सौगात मल्ल, सन्दीप क्षेत्री, लाहुरे, अनुपविक्रम शाही, वर्षा राउत, सञ्जोग कोइराला, अशिम शाहलगायत उपस्थित थिए।
अभिनेता सौगात मल्ल, आशिफ शाह र अभिनेत्री गरिमा शर्माको मुख्य भूमिका रहेको फिल्ममा आशिफ र गरिमालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिँदा सौगात निराश भावमा छन्।
पोस्टरमा उनीहरूको बिचमा चस्मा लगाएको बाख्रोलाई देखाइएको छ। निर्माण टिमले यसलाई बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो रूपमा चित्रण गरिएको हो।
सिमोस सुनुवारको निर्देशन रहेको फिल्ममासौगात, आशिफ र गरिमासँगै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारको अभिनय छ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको हो।
प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद लेखन रहेको फिल्मका निर्माता सन्तोष गौतम हुन्।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


