काठमाडौँ- पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधनमा नेपाली कांग्रेसले शोक प्रस्ताव पारित गरेको छ।
आज बिहान पार्टीको केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवा लगायतका नेताहरुले शास्त्रीको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरेका छन्।
पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य ढुण्डिराज शास्त्रीको ९० वर्षको उमेरमा असार २ गते काठमाडौंको केएमसी अस्पतालमा निधन भएको थियो। शास्त्रीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।
