काठमाडौँ- टीभीएसका दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ल्याएको ‘च्याम्पियन्स अफ टेक्नोलोजी डिस्काउन्ट अफर’ अब ३ दिन मात्र बाँकी रहेको जानकारी दिइएको छ। नयाँ वर्ष २०८० को अवसरमा टीभीएसले ल्याएको नगद छुटलगायतका अफर सकिन अब तीन दिन मात्र बाँकी रहेको जानकारी दिएको हो।
टीभीएसले हरेक मोटरसाइकलको खरिदमा ८ हजार छुट र स्कुटरको खरिदमा ७ हजार छुट दिने अफर ल्याएको थियो। यस्तै अपाचे मोटरसाइकलको खरिदमा ५ हजार मूल्य बराबरको हेल्मेट उपहार दिइरहेको छ। अफरमा शून्य प्रतिशत ब्याजदरको फाइनान्स सुविधा र बाइक एक्सचेन्जमा १० हजार बढी भ्यालुएसन पनि पाउने सुविधा छ।
गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारणनै टिभीएस रुचाइएको दुईचक्के ब्रान्डका रुपमा स्थापित भएको कम्पनीको दाबी छ।


