२०८३ कार्तिक १३ गते बिहिबार

‘बाटुलो जूनभित्र’ अनमोल अनुहार, चल्ला त नयाँसँगको जादू?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार ४
99b6bf81-59c3-40e5-8bd1-d40280e83c5a

काठमाडौं– नम्रतम् मिजास र ‘गुड लुकिङ’ भएर पनि अभिनय क्षमताको कसीमा सधैं मिश्रित प्रतिक्रियाका भागी बनिरहेका अभिनेता अनमोल केसी ‘बाटुलो जून’ नामक नयाँ फिल्ममा देखिने भएका छन्। यो फिल्म उनका लागि झण्डै–झण्डै ‘घरेलु प्रोजेक्ट’ जस्तो हो।

सिनेमा चयनमा अत्यन्त्यै ‘चुजी’ र महंगो पारिश्रमिक लिने कलाकारका रुपमा चिनिएका अनमोलका लागि नयाँ फिल्म भने सस्तो बजेटको हुनेछ। ‘उनले अभिनय गर्ने बाटुलो जूनको बजेट नै २५ लाख रहनेछ’ अनमोल जोडिएको नयाँ फिल्मी परियोजना निर्माण टिमका एक सदस्यले भने, ‘कम्तिमा ५० लाख लिने अनमोलका लागि यो फिल्मको अनुभव धेरै कारणले अलग रहनेछ।’

नयाँ फिल्मको अर्को नयाँ विशेषता के हो भने, यसमा अभिनेता अनमोल डेब्यु अभिनेत्रीसँग जोडिनेछन्। टिकटकमा निकै नै लोकप्रिय रहेको जुम्ल्याहा जोडीमध्येकी प्रिन्सी पहिलो पटक अनमोलसँग जोडी बन्दैगरेको खबर फिल्म घोषणासँगै बाहिरिएको छ। प्रिन्सी मोडल पनि हुन्। उनले यसअघि म्युजिक भिडियोमा पनि काम गरिसकेकी छिन्। प्रिन्सीलाई अडिसनमा सहभागी भएका एक दर्जन बढी युवतीमध्येबाट छनौट गरिएको दाबी निर्माण पक्षको छ। फिल्ममा प्रिन्सीको भूमिकाका विषयमा भने धेरै कुरा खुलाइएको छैन। यद्यपी उनी अनमोलसँगै पर्दामा देखिनेछिन्।

‘मेरा लागि यो सुनौलो अवसर हो। यसबाट म उत्साहित छु’ नायक अनमोल केसीसँग जोडी बाँधेर फिल्म क्षेत्रमा डेब्यू गर्न पाउँदा प्रिन्सी उत्साहित छिन्। भन्छिन्, ‘मिहिनेत गर्नेछु।’ अनमोलका आफ्नै बाबु तथा पुराना कलाकार भुवन केसीको निर्देशनमा बन्न लागेको ‘बाटुलो जून’की फिल्मकी निर्मात्री जीया केसी हुन्। जीया भुवन केसीसँग सन्निकट मित्र हुन्।

भदौमा छायाँकनमा जाने यो फिल्ममा अर्की एक नायिका पनि रहने बताइएको छ। तर, अर्की एक नायिकाको छनोट हुन बाँकी रहेको वुझिएको छ। तर फिल्म घोषणाले भने फिल्मवृत्तमा एक प्रकारको तरंग पैदा गरेको छ। ‘अनमोलको करिअरमा उनलाई अलिक अधिक चर्चित फिल्मको जरुरी देखिएका बेला यो फिल्म सबैका लागि प्रतिक्षाको विषय हो’, टिमसँग जोडिएका एक सदस्यले भने, ‘बाहिरको फिल्मले करिअर अलिक उकालोमा गएन भनेर नै भुवन केसी दाइले अनमोलका लागि यो प्रोजेक्ट बनाउनुभएको हो।’ गाउँले पात्रमा प्रतिविम्बित हुन यो फिल्मको ‘गेटअप’ लागि अनमोलले दाह्री र जुँगा समेत पालेका छन्।

‘होस्टल’ बाट नेपाली सिने क्षेत्रमा डेब्यु गरेका अनमोल केसीले पहिलो सिनेमाबाट जति सफलता पाए त्यसपछिका एकाध वाहेकका फिल्महरु भने उनका लागि त्यत्ति अपेक्षाकृत सावित हुन सकेनन्। आधा दर्जनभन्दा बढि फिल्ममा अभियन गरेका अनमोलका लागि ‘बाटुलो जून’ कस्तो होला भन्ने जिज्ञासा भने फिल्म घोषणासँगै सबैमा व्याप्त छ।

प्रकाशित: २०८२ असार ४ गते बुधबार ०५:०६
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना