काठमाडौं– लोकप्रिय गायक तथा संगीतकार कस्तुप पन्तसँग सहकार्य गरिएको गायिका एलिना चौहानको नयाँ गीत सबैको हाई हाई बन्न सकिँदैनले दर्शक तथा स्रोताहरुको मन जितिरहेको छ।
तीन दिनअघि सार्वजनिक भएको यो रोमान्टिक शैलीको गीतले पाइरहेको चर्चाबारे परिचर्चा गर्दे शब्द तथा संगीत दिएका सर्जक पन्तले भने, ‘गीतको गुड रेस्पोन्सले हाम्रो टिमलाई उत्साही बनाइरहेको छ।’
पन्तको आफ्नै युटुब च्यानलमा सार्वजनिक भएको गीतलाई अहिलेसम्म झण्डै साढे तीन लाख दर्शकले हेरिसकेका छन्। सुनिसकेका छन्। तीख्खर भाव र रोमान्टिक शैलीमा तयार पारिएको यो गीतमा लोकप्रिय समकालिन एरेन्जर रमेश सेन्चुरीको सङ्गीत संयोजन गरेका हुन्। गीतको भिडियोमा स्मारिका ढकालको अभिनय छ। समानान्तर रुपमा कोरस समेत प्रयोग भएको गीतको भिडियोको कोरियोग्राफी तथा निर्देशन काजिश श्रेष्ठले गरेका हुन्।भिडियोमा महेश महराको छायाङ्कन र दीपक विष्टको सम्पादन छ।


