काठमाडौँ- चिनियाँ मोबाइल ब्रान्ड रियलमीले एन सिरिजका दुई मोडल नेपालमा भित्र्याउने भएको छ। नेपाली ग्राहकको माग अनुसार कम्पनीले दुई मोबाइल मोडललाई छिट्टै नेपाली बजारमा उपलब्ध गराउने जानकारी दिएको हो। रियलमीका स्मार्टफोनमा ब्याट्री (चार्जिङ), चिपसेट (कार्यसम्पादन) र क्यामेरामा आधुनिक विशेषता भएकाले स्मार्टफोनको बजारमा नयाँ परिवर्तन ल्याउने कम्पनीको दाबी छ।
रियलमीको अहिलेसम्मकै पातलो मोडल नार्जो एन-५३ मा ३३ वाटको फास्ट चार्जिङ, क्यामरा र लेटेस्ट चिपसेट छ। ९० हर्जको आकर्षक एफएचडी डिस्प्ले र नयाँ मिनी क्याप्सुल फिचर रहेको छ। यो एन सिरिजको नेक्स्ट जेन क्विक र नेक्स्ट जेन सिक स्मार्टफोन भएको बताइएको छ।
नार्जो एन ५३ को मूल्य २० हजारभन्दा कम नै तोकिने कम्पनीको भनाइ छ। यो ६ जीबी र्याम र १२८ जीबी इन्टरनल मेमोरी भएको मोबाइलको मूल्य हो। ४ जीबी र्याम र ६४ जीबी इन्टरनल मेमोरी भएको नार्जो एन५३ मूल्य १६ हजार ५ सय पर्ने अपेक्षा गरिएको छ। यद्यपि कम्पनीले आधिकारिक रूपमा यो मोडलको मूल्य तोक्न बाँकी छ।
नार्जो एन ५५ मा ५ हजार एमएएचको ब्याट्री र सुपर फास्ट ३३ वाटको सुपरभोक चार्जिङ भएकोले छिटो चार्ज गर्छ। ६४ मेगापिक्सलको एआइ क्यामरा र ८ मेगापिक्सेलको सेल्फी क्यामरा छ।
९० हर्जको रिफ्रेस रेट भएको फुल एचडि प्लस डिस्प्लेले गर्दा फोन चलाउन एकदमै सहज अनुभव हुन्छ। साथै यसमा मेडियाटेक हेलियो जी-८८ चिपसेट, १२ जिबिको डाइनामिक र्याम, रियलमी युआइ ४.० र नयाँ अटो पिक्सलेट सेफ्टी फिचर पनि रहेको छ।
नार्जो एन ५५ को मूल्य २४ हजारभन्दा कम तोकिने कम्पनीको भनाइ छ। यो ६ जीबी र्याम र १२८ जीबी इन्टरनल मेमोरी भएको नार्जो एन५५ को मूल्य २३ हजार ५ सय पर्ने बताएको छ। ४ जीबी र्याम र ६४ जीबी इन्टरनल मेमोरी भएको नार्जो एन५३ मूल्य २० हजार पर्ने अपेक्षा गरिएको छ। यद्यपि कम्पनीले आधिकारिक रूपमा यो मोडलको मूल्य तोक्न बाँकी छ।
