काठमाडौँ- महानायक राजेश हमालले तितो सत्य स्वीकार गर्ने क्षमता विकास गर्ने हो भने जीवन सहज हुन सक्ने बताएका छन्।
बिहीवार काठमाडौँमा आयोजित अक्टल विज्ञान उत्कृष्ट पुरस्कार वितरण कार्यक्रममा उनले जीवनको वास्तविकता जान्नु भनेको सहज हुनु मात्र नभई तितो सत्य स्वीकार गर्नु पनि भएको उल्लेख गरे। उनले तितो सत्य स्वीकार गर्ने क्षमता विकास गर्न सके जीवन सहज हुने बताए।
‘जीवन एउटा युद्ध हो। युद्ध हामीले एक दिन हार्नैपर्छ। तर युद्धभित्र भएका केही मुठभेढ जित्छौँ जसलाई हामीले सफलता भन्छौँ। तर सम्पूर्ण जीवनमा युद्ध हार्ने नै हो। त्यसकारण साना साना सफलतामा नै रमाउनुपर्छ,’ उनले भने, ‘जुनसुकै पेशामा लागेपनि जस्तो अवस्थामा भएपनि भित्रि आत्मादेखि जीवनलाई गम्भिर भएर हेर्नुपर्छ। जीवनको वास्तविकता जान्नु भनेको सहज हुनु होइन, तितो सत्य स्वीकार गर्नु हो। तितो सत्य स्वीकार गर्ने क्षमता विकास गर्ने हो भने जीवन सहज हुन सक्छ।’
यस्तै, उनले जीवनमा उर्जाशील र सकारात्मक भइरहन सक्ने हो भने जीवन आफैँ सकारात्मक दिशातर्फ जाने पनि बताए।
कार्यक्रममा विजयराज सिग्देलले पनि संस्कारका बारेमा जिन्दगीका भोगाइका बारेमा आफ्ना अनुभव सेयर गरेका थिए।
यस्तै नेपालमा व्यावसायिक रुपमा वास्तुसम्बन्धी उत्कृष्ट सेवा प्रदान गर्दै आएका ८० जना वास्तुशास्त्री सम्मानित भएका थिए।
गुरुपूर्णिमाको अवसर पारेर आगोजना गरिएको कार्यक्रमम क्षेत्रको अग्रणी संस्था संस्कार एकेडेमीले वास्तुशास्त्र, ज्योतिष, स्वर विज्ञान एएलपीजस्ता १९ वटा विधामा ८० जना वास्तु र ज्योतिषविज्ञ अवार्डबाट सम्मानित भए।
संस्कार एकेडमी नेपालमा साइन्टिफिक वास्तु, मोडर्न अंक ज्योतिष र हस्ताक्षर विज्ञान, जस्ता धेरै प्रोफेसनल कोर्सहरु सञ्चालन हुँदै आएका छन्।
नेपालमा यस्तो प्रकृतिको अवार्ड कार्यक्रम आयोजना गरिएको यो नै पहिलो अवसर हो।


