२०८३ कार्तिक १२ गते बुधबार

कमेडी च्याम्पियनका भण्डारीले भने- एक लगानीकर्ताले दुःख दियो, कम्पनी धरापमा पार्‍यो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ४
516761628_10233737634536691_899572738839960753_n

काठमाडौँ: चर्चित रियालिटी शो कमेडी नाइट विथ च्याम्पियनका निर्माता तथा निर्देशक विशाल भण्डारीले आफ्नै कम्पनीका एक एनआरएनए लगानीकर्ताले आफूमाथि अन्याय गरी कम्पनीलाई नै धरापमा पारेको आरोप लगाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा आइतबार बिहान एक लामो स्टाटस लेख्दै उनले लगानीकर्ता एनआरएनएको नाम नखुलाई एक लगानीकर्ताले सम्झौताविपरीत २ करोड ४० लाख रुपैयाँ असुलेको र निरन्तर मानसिक यातना दिइरहेको खुलासा गरेका हुन्।

भण्डारीका अनुसार, करिब १९ महिनाअघि एक ति व्यक्तिले ३‍.५ करोड लगानी गरेर शेयर किन्ने सम्झौतासहित कम्पनीमा प्रवेश गरेका थिए। तर, उनले सिजन ३ का लागि तत्काल आवश्यक १.५ करोड मात्र लगानी गरे। सम्झौतामा २४ महिनासम्म लगानी फिर्ता नलैजाने सहमति भए पनि सिजन ३ सकिनासाथ ती व्यक्तिले पैसा फिर्ताका लागि दबाब दिएको भण्डारीको आरोप छ।

भण्डारीले लेखेका छन्, ‘राज्य प्रशासनमा भएको पहुँचको दुरुपयोग गर्दै उनले मेरै विरुद्ध बैंकिङ कसुरमा मुद्दा हालेर मलाई दबाबमा राखी २ करोड ४० लाख रुपैयाँ असुले।’ भण्डारीले आफूले लगानीभन्दा बढी ९० लाख रुपैयाँ फिर्ता दिनुपरेको र सो रकमको प्रमाण आफूसँग सुरक्षित रहेको बताएका छन्।

यो विवादका कारण कम्पनीको आर्थिक अवस्था संकटमा परेको र कमेडी च्याम्पियन सिजन ३ का विजेतालाई घोषित पुरस्कार गाडी दिन नसकिएको तथा केही कर्मचारीको तलबसमेत रोकिएको उनले उल्लेख गरेका छन्।

अहिले दुवै पक्षबिच जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनमा विभिन्न मुद्दा चलिरहेको छ। भण्डारीले ती लगानीकर्ताले मुद्दाको पेसी सारेर, मिलापत्र गर्न नमानेर तथा कम्पनीको काममा निरन्तर अवरोध गरेर आफूलाई हैरान पारेको बताएका छन्।

उनले आफ्नो स्टाटसमार्फत सरकार, कानुन र न्यायालयसँग आफू र आफ्नो टिममा आश्रित १०० भन्दा बढी कलाकार तथा प्राविधिकको भविष्यका लागि न्याय र काम गर्ने वातावरणको माग गरेका छन्।

 

प्रकाशित: २०८२ साउन ४ गते आईतबार ०८:४१
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना